विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार १४:११:४८
९ जेठ, काठमाडौं । झापाको कचनकवल गाउँपालिका(४ स्थित सुनकोशी चिया बगानबाट अवैध लागूऔषध ब्राउनसुगर ४० ग्राम ८ सय ४० मिलिग्रामसहित सोही गाउँपालिका(४ बस्ने ३६ वर्षीया अलिसा शेखलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-१ धरमपुर सुक्रबारेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका-१ चौतारामा बस्ने ३० वर्षीय शिसिर सुब्बा समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, गौरिगञ्ज गाउँपालिका(१ दास चौरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम २ सय मिलिग्राम र नगद रुपैयाँ ३ हजार ५ सय २५ रूपैयाँसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरदह नगरपालिका-९ बैगुनधुरा बस्ने ३२ वर्षीय नबिन बस्नेत र मोरङ बयरवन घर भएका ३२ वर्षीय प्रबिन ठकुरी रहेका छन् । प्रहरी चौकी कुञ्जिबारी र सशस्त्र प्रहरी बल नेपाल बिओपी कुञ्जिबारीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.८१ प ७१७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै बारा, प्रसौनी गाउँपालिका-१ नकटुवाबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ४ मिलिग्रामसहित निजगढ नगरपालिका-७ लचका टोल बस्ने २७ वर्षीय सुनिल रूम्बा तमाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरीले ना.६१ प १७२७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यसैगरी कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोड कृष्ण मार्केटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम १ सय मिलिग्राम र नाईट्राभेट ७ ट्याब्लेटसहित धनगढी उपमहानगरपालिका-३ बस्ने २० वर्षीय रोहन घिमिरे समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
त्यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय प्रशान्त चौधरी समेत २ जनाको मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले से.५ प ५६२५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्रामसहित बैजनाथ गाउँपालिका-४ बानियाभार बस्ने २५ वर्षीय प्रदिप खत्रीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा ३० दिनमा ४१ फरार प्रतिवादी पक्राउ
जेठ ३१, २०८१ बिहिबार
पहेँलो धातु देखाई ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जेठ ३१, २०८१ बिहिबार
झुट्टा विवरण पेश गरी वंशज नागरिकता लिन खोज्ने तीन जना पक्राउ
जेठ ३१, २०८१ बिहिबार
टेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
स्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
नेपालबहस संवाददाता
जेठ ३१, २०८१ बिहिबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार २, २०८१ आइतबार
प्रेस स्वतन्त्रताको मर्म विपरीत, मिडिया काउन्सिल विधेयक
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
वैदेशिक रोजगार पीडितलाई न्यायको माग गर्दै आइटी आर्मीको प्रदर्शन
असार २, २०८१ आइतबार
भेरी नदिमा बेपत्ता दुई जनाको शव सशस्त्रको गोताखोरले निकाल्यो
असार २, २०८१ आइतबार
आठ दिनदेखि बेपत्ता एक महिलाको शव सडेगलेको अवस्थामा फेला
असार २, २०८१ आइतबार