७ औं सिटिजन्स बैंक खुल्ला टेनिस खेलकुद हुँदै, १५० खेलाडीले भाग लिने अनुमान
इन्द्र रिजाल
बैशाख १२, २०७६ शुक्रबार १:४८:४८
काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडले ७ औं सिटिजन बैंक खुल्ला टेनिस खेलको आयोजना गर्ने भएको छ । “योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी, मिति २०६४ बैशाख ७ गतेदेखि नेपालको २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस बैंकले १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको सुखद अवसरमा ‘7th Citizens Bank Open Tennis Tournament’ आयोजना गर्न लागेको हो ।
बैंकले काठमाडौँ जिल्ला लन टेनिस संघको सहकार्यमा बैशाख १६ गते देखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लबमा उक्त खेल संचालन गर्न लागेको जानकारी दिएको छ । Men’s Singles, Women’s Singles, Mixed Doubles, 35 + Singles & Doubles, 45 + Singles & Doubles, 55 + Singles & Doubles, 65 + Singles, गरी विभिन्न सात विधामा खेल संचालन गर्न लागिएको कुरा काठमाडौँ जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले जानकारी दिएका छन् । खेलका विजेताहरूलाई कुल रू ५,१३,५०० ( अक्षरूपी पाँच लाख तेह्र हजार पाँच सय) बराबरको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । यस खेल अवधिभरमा करिव १५० जना खेलाडीहरूको सहभागिता हुने अपेक्षा संघले लिएको छ ।
यस बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रयमास सम्ममा रु.६८ अर्व ६८ करोड निक्षेप संकलन गरि रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरी सोहि अवधि भित्र रु.१ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु.१ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश : ४.०२ प्रतिशत र ५.९१ प्रतिशतले वृद्धि भएको छ ।
बैैंकले कारोबार संचालन गर्दै आएकोे बाह्र वर्षको समयावधिमा देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज सनराइजर्स र गुजरातबीच खेल हुँदै
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार