सरकार पेलेरै जान खोज्यो भने कांग्रेस सहेर बस्न सक्दैन : नेता सिटौला
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १६:५१:७
१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस सहेर बस्न नसक्ने बताएका छन् ।
परिवर्तन अभियानले 'संघीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समीक्षा : आगामी कार्यभार' विषयमा काठमाडौंमा आइतबार दिउँसो गरेको अन्तर्क्रियामा बोल्दै सिटौलाले सरकार आलोचना र विरोध सुन्न नसक्ने ठाउँमा पुगेको बताए।
‘सरकार बदलाको भावमा गयो। यसले मलाई गाली गर्ने यसलाई म किन नठोक्ने भन्नेमा गयो,’ उनले भने, ‘कस्तो लोकतन्त्रको अभ्यास गर्न खोज्दै छ सरकार ? आफ्नो आलोचना र विरोध सुन्न नसक्ने। आलोचना र विरोधले त सरकारलाई फाइदा हुन्छ। यो आलोचनारहित व्यवस्था र सरकार हो र ? ’
उनले प्रेसले विगतमा आन्दोलनलाई उठाउन खोजेको र ऐतिहासिक योगदानलाई भुल्न नहुने उनले बताए। उनले जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गरे । उनले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताए ।
‘प्रतिपक्षले जनताको आवाज जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसदमा निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो,’ उनले भने, ‘सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो । प्रतिपक्षले प्रतिपक्षमा नेपाली कांग्रेस बाहेकका केही दलहरु पनि छन् ।’
उनले कांग्रेससहितका प्रतिपक्ष दलहरुले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न कांग्रेस तयार रहेको बताए । उनले भने, ‘सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ । कांग्रेसले आफू मात्रै अन्याय भएको महसुस गरेको छैन, आम जनतामा अन्याय भएको कुरा कांग्रेसले उठाएको छ ।’
नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको बताए । उनले कानून संघीय संसद बनाउनुपर्ने भएपनि प्रदेश लक्षित बन्न नसकेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार
पार्टीमा वैचारिक मतभेद छैनः अध्यक्ष नेपाल
असार ३, २०८१ सोमबार
विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार