एनसेलमा आजबाट ‘कल आयो पैसा पायो’
इन्द्र रिजाल
बैशाख १६, २०७६ सोमबार १८:३०:२६
काठमाडौं । एनसेलले ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यो अफर अन्तर्गत अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्यो भन्दाबढी कुरा गर्दा प्रत्येक मिनेटमा २ रुपैयाँ बोनस पाइने छ ।
यो अफर सोमबार ‘वैशाख १६’ देखि सुरु भई तीन महिनासम्म जारी रहने एनसेलले जनाएको छ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको रु २ का दरले बोनस पाउनेछन् ।
यसको अर्थ अन्तर्राष्ट्रिय आगमनकलमा कुरा गर्दा ग्राहकले रु १८ सम्म बोनस प्राप्त गर्नेछन् । यसरी प्राप्त भएको बोनस ७ दिनसम्मका लागि मान्य हुने एनसेलले जनाएको छ । बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सकिने पनि उसले जनाएको छ ।
एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्नेछन् । त्यस्तै अंग्रेजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्ने एनसेलले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन ?
जेठ ७, २०८१ सोमबार