मुक्तिनाथ विकास बैंकले कमायो ६० करोड २० लाख
इन्द्र रिजाल
बैशाख २७, २०७६ शुक्रबार १९:१६:५९
काठमाडाैँ । ग्रामिण स्तरबाट बैङ्किङ सेवा प्रारम्भ गरेको मुक्तिनाथ विकास बैंकले ३ अर्ब ६ करोड ४७ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी भएको चालु आर्थिक वर्षको नौ महिनामा ६० करोड २० लाख ७५ हजार रुपैयाँ कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको खुदा नाफा ४२ करोड ७५ लाख ७२ हजार रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब २९ करोड १२ लाख ४७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने गत वर्ष यस्को आम्दानी ८८ करोड २८ लाख २८ हजार रुपैयाँ थियो । उत्कृष्ट कार्य बाट आम जनमानसको सेवामा रोजाइको बैङ्क बनेको यस बैंकले ९ महिनामा ४१ अर्ब ८० करोड ४९ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्ष बैंकले २४ अर्ब ५४ करोड ५७ ६२ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । त्यस्तै बैंकले ९ महिनामा ३६ अर्ब ४५ करोड १९ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यस्तो लगानी २१ अर्ब ९९ करोड ३१ लाख २५ हजार रुपैयाँ मात्र थियो ।
बैंकको प्रति शेयर आम्दानी २६ रुपैयाँ १९ पैसा, मूल्य आम्दानी अनुपात १३ दशालव ६७, तरलता अनुपात २२ दशालव ४३ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ३४ रुपैयाँ ३३ पैसा रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार