फेसबुकको नयाँ नियम : गम्भीर नीति उल्लङ्घन गर्ने प्रयोगकर्तामाथि प्रतिबन्ध
इन्द्र रिजाल
जेठ १, २०७६ बिहिबार २:४१:४४
एजेन्सी । आफ्नो नीति विपरीत आतङ्कवाद र हिंसासँग सम्बन्धित सामग्री प्रसारण गर्ने प्रयोकर्ताहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकले नयाँ प्रतिबन्धात्मक सर्तहरू ल्याएको छ।
५१ जनाको ज्यान जाने गरी न्यूजिल्यान्डको क्राइस्टचर्च मस्जिदमा भएको हमलाको फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको थियो। सोहि हमलालाई आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेपछि फेसबुकले उक्त घटनामाथि प्रतिक्रिया जनाउँदै त्यस्तो कदम उठाएको हो।
आफ्ना सबैभन्दा गम्भीर नीतिहरूको उल्लङ्घन गर्ने व्यक्तिलाई तत्काल फेसबुक लाइभ सुविधा प्रयोग गर्नबाट निश्चित समयका लागि रोक लगाइने फेसबुकले जनाएको छ।
इन्टरनेटमा उग्रवादलाई प्रोत्साहन दिने खाले सामग्री सम्बन्धी समस्याको समाधानको खोजी गर्न प्यारिसमा बुधवार आयोजना हुन लागेको एउटा सम्मेलनअघि त्यस्तो उपाय अगाडि सारिएको हो।
उक्त सम्मेलनको अध्यक्षता फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ र न्यूजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डनले गर्दैछन्। आर्डनले फेसबुकको उक्त कदमको स्वागत गरेकी छन्।
गत मार्चमा न्यूजिल्याण्डको एउटा मस्जिदमा ५१ जनाको ज्यान जाने गरी गरिएको हमलालाई आक्रमणकारीहरूले प्रत्यक्ष प्रसारण गरेका थिए।
उक्त घटनाका कारण विवादमा परेपछि फेसबुकले कडा नीति सार्वजनिक गरेको हो। उसले फेसबुकमा प्रत्यक्ष प्रसारण गर्न सकिने सुविधालाई नियन्त्रण गर्ने बताएको छ।
प्यारिसमा हुने सम्मेलनले सामाजिक सञ्जालको प्रयोगबाट आतङ्कवादी गतिविधिको योजना र घटनाको प्रचारप्रसार हुन नदिन भइरहेका अन्तर्राष्ट्रिय प्रयासहरूलाई संयोजन गर्ने लक्ष्य राखेको छ।
उक्त सम्मेलनमा युरोप, क्यानडा र मध्यपूर्वी देशका नेताहरूले फेसबुक, गुगल र ट्विटर जस्ता कम्पनीका उच्च अधिकारीहरूसँग भेट गर्नेछन्।
स्वचालित रूपमा आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाइएका सामग्रीहरू पहिचान गर्न एउटा नयाँ अनुसन्धान साझेदारी सुरू गर्न साढे सात करोड अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता फेसबुकले जनाएको छ।
फेसबुकले आगामी साताहरूमा उसको मातहतका अन्य अनलाइन प्लेटफर्महरूमा पनि यी नयाँ नियमहरू लगाउने बताइएको छ। त्यसमा फेसबुकमार्फत् विज्ञापन गर्नेहरू पनि समेटिने जनाइएको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार