दुई बलिया बैंकहरु आपसमा गाभिने प्रयासमा, एनएमबी र ओमको स्वाप रेसियो कति ?
इन्द्र रिजाल
जेठ २, २०७६ बिहिबार १८:१०:२५
काठमाडौं । एनएमबी बैंक लिमिटेडले ओम डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने भएको छ । आज दिउँसो होटल अन्नपूर्णमा यी दुई बैंकबीच एक अर्कामा गाभ्ने–गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी भइरहेको छ ।
ओम डेभलपमेन्ट बैंकलाई केही समय पहिले प्राइम कमर्सियल बैंक लिमिटेडले एक्विजिशन गर्ने सम्झौता गरेको थियो । ओम र प्राइमबीच भएको सम्झौता भाँडिएपछि आज फेरि एनएमबी बैंकले प्राप्ती गर्ने सम्बन्धी सम्झौता हुँदैछ ।
अब हुन लागेको सम्झौता अनुसार ओम र एनएमबी दुबै बैंकले तीन महिनाभित्र मर्जर प्रक्रिया सकेर एकीकृत कारोबार सुरु गर्नेछन् । प्राइमसँग सम्झौता भाँडिएपश्चात राष्ट्र बैंकले दुबै बैंकलाई तीन महिनाभित्र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर गर्न निर्देशन दिएको थियो।
हाल स्वाप रेसियोको टुङ्गो लागिसकेको छैन। ओम डेभलपमेन्ट बैंकले मागेको १००ः ८० को स्वाप रेसियोमा मोटामोटी सम्झौता भएको छ । दुबै बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) पश्चात आउने नतिजा अनुसार १० अंक थपघट हुनसक्ने गरि दुबै बैंकबीच सम्झौता भएको छ ।
प्राइम बैंकसँग एक्वीजिशनमा बोनस घोषणाले उत्पन्न गराएको दरार कर्मचारी समायोजनमा कुरा नमिलेपछि प्रक्रिया भाँडिएको थियो। एनएमबी बैंकको व्यवस्थापनले प्राइमको समस्या नदोहोरिने आवश्वाशन दिएपछि ओम एनएमबी बैंकमा विलिन हुन राजी भएको हो ।
हाल एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रहेको छ भने पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी २ अर्ब ५१ करोड रहेको छ । यदि दुवै बैंक आपसमा मिलेको खण्डमा चुक्ता पूँजी १२ अर्बमाथि पुग्नेछ ।
मर्जरपछि बन्ने एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत हालका एनएमबी बैंकका सीइओ सुनिल केसी र ओम डेभलपमेन्ट बैंकका विश्वमोहन अधिकारी डेपुटी सीइओ बन्ने मोटामोटी सल्लाह मिलेको छ ।
एनएमबी बैंक विगत लामो समयदेखि प्रदेश नम्बर ४ मा आफ्नो मजबुत उपस्थितिको लागि प्रयास गरिरहेको थियो । सोही कारण प्रदेश ४ मा आफ्नो पकड राख्न सफल ओम डेभलपमेन्ट बैंकलाई गाभ्न एनएमबी बैंक तयार भएको हो । एनएमबीले केही समयअघि गरिमा विकास बैंकसँग एक्वीजिसनको छलफल अगाडि बढाएको भएपनि त्यो छलफल निश्कर्षमा पुग्न सकेको थिएन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
बालुवाटारमा कांग्रेस नेतालाई प्रधानमन्त्री प्रचण्डको निम्तो
जेठ ४, २०८१ शुक्रबार
उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा
जेठ ४, २०८१ शुक्रबार
निकुञ्ज घुम्ने विदेशी पर्यटकको संख्यामा वृद्धि
जेठ ४, २०८१ शुक्रबार
तेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ
जेठ ४, २०८१ शुक्रबार