नापतौलमा एकरूपता ल्याउन विश्व नापतौल दिवस मनाइयो
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार १३:४२:८
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ ।‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा उक्त दिवस मनाइएको हो ।
कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिए। पछिल्लो समय विभागले विदेशमा उत्पादित कम्पनीका सामग्रीलाई पनि एनएस ‘नेपाल गुणस्तर’ चिह्न प्रदान गर्दै आएको छ ।
विभागले विश्व नापतौल दिवसका अवसरमा मेट्रिक प्रणालीमा आधारित सात मूल एकाइमध्ये चार एकाइको परिभाषामा भएको परिवर्तन सोमबारदेखि लागू गरेको छ ।
जसमा पिण्डको मूल एकाइ किलोग्राम, तापक्रमको मूल एकाइ केल्भिन, विद्युत् धाराको मूल एकाइ एम्पियर र पदार्थको सङ्ख्याको मूल एकाइ मोलका रुपमा परिवर्तन भएको छ ।
आजभन्दा १४४ वर्ष अगाडि सन् १८७५ मा आजकै दिनमा मिटर कन्भेन्सनमा हस्ताक्षर भएपश्चात् विश्वभर उक्त दिवस मनाउँदै आइएको विभागले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?
जेठ ७, २०८१ सोमबार
राफाहबाट आठ लाख मानिसहरू विस्थापित
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त
जेठ ७, २०८१ सोमबार
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार