धरानमा डेङ्गु रोगबाट ७५ जना बिरामी
इन्द्र रिजाल
जेठ १९, २०७६ सोमबार ५:१:४६
धरान । धरानमा डेङ्गु रोगका बिमारीको सङ्ख्या ७५ पुगेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६२ र विजयपुर हस्पिटलमा उपचार गराउने १३ जना गरी ७५ पुगेको हो ।
धरान उपमहानगरपालिका र बिपी प्रतिष्ठानले बनाएको संयुक्त ¥यापिड रेस्पोन्स टिमले प्रत्येक घरमा पुगेर घरको अवस्था निरीक्षण गर्दा डेङ्गु सङ्क्रमित लामखेट्टेको अण्डा र लार्भा अत्यधिक पाइएको जनाएको छ ।
धरानमा डेङ्गु नियन्त्रणबाहिर रहेको चिकित्सकहरुले ठहर गरेका छन् । निरीक्षणबाट डेङ्गुको बिमारीको सङ्ख्या नियन्त्रणबाहिर रहने बताइएको छ ।
रेस्पोन्स टिमले वडा नं ५, १४, १ र १५ मा केहीका घरमा पुगेर हेर्दा जमेको पानी, जम्मा गरेर राखेको पानी र ट्याङकीमा डेङ्गुको अण्डा, लार्भा र प्युपा करोडौँको सङ्ख्यामा भेटेको रेस्पोन्स टिमका संयोजक डा विजयकुमार खनालले जानकारी दिए ।
उनीहरुले घरघरमा पुगेर जमेको पानी, प्रयोगका लागि जम्मा गरेर राखेको पानीमा डेङ्गुको बासस्थान हुने जानकारी गराउँदै अण्डा र लार्भा नष्ट गर्ने तरिका सिकाए।
यता बिमारीको चाप बढेपछि प्रतिष्ठानमा श्यया अभाव भएको छ । हाल प्रतिष्ठानमा मेडिसिन वार्डमा बिरामी राखेर उपचार भइरहेको र उनीहरुको उपचारका लागि छुट्टै वार्ड बनाउने तयारी भइरहेको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए ।
डेङ्गुको महामारी अत्यधिक बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँलाई थप अनुसन्धान तथा नियन्त्रणका लागि आज पत्राचार गरिएको अस्पताल निर्देशक साहले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपभक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार
जेठ ३, २०८१ बिहिबार
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन
जेठ २, २०८१ बुधबार
जीपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
बैशाख ३१, २०८१ सोमबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार