त्रिवि अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा
इन्द्र रिजाल
जेठ २८, २०७६ मंगलबार १६:५९:२४
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ ।
सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने, पाठ्यक्रम निर्माणमा बहुविधागत विषय संलग्न गराउने, विश्वका ख्यातिप्राप्त उच्च शैक्षिक संस्थासँग शैक्षिक सहकार्य गर्ने, अन्तर्राष्ट्रियकरणलाई महत्वपूर्ण रणनीतिको रुपमा अवलम्वन गर्ने, शिक्षकलाई आत्मनिर्णयको अधिकार उपलब्ध गराउने, अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण विषयवस्तु पाठ्यक्रम निर्माणमा संलग्न गराउनेलगायत बुँदा छन् ।
यसैगरी प्राध्यापकलाई थप सशक्तीकरण गर्दै समस्या समाधान गर्ने खालका शैक्षिक कार्यक्रम निर्माण गर्ने, अनुसन्धानलाई ग्राह्यता दिँदै अनुसन्धानमा बजेट बढाउनेलगायतका सङ्कल्प पारित भएको छ । सम्मेलनमा जम्मा १२ कार्यपत्र प्रस्तुत भएको थियो ।
विश्वस्तरमा ख्यातिप्राप्त १७ प्राध्यापक र त्रिभुवन विश्वविद्यालय सहभागी १५० प्राध्यापक एवं विभिन्न निकायका प्रमुखको सहभागितामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाले उक्त घोषणा गरेको हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार