फेसबुकको अर्को बर्ष डिजिटल मुद्रा योजना, एप्सबाटै आर्थिक कारोबार !
इन्द्र रिजाल
असार ४, २०७६ बिहिबार ३:२७:३७
काठमाडौं । फेसबुकले अर्को वर्ष लिब्रा नाम दिइएको एउटा नयाँ डिजिटल मुद्रा सुरु गर्ने योजना सार्वजनिक गरेको छ। उक्त सोसल मिडिया कम्पनीका अनुसार त्यस्तो मुद्रामार्फत् मानिसहरूले उसको आफ्नै एप्स तथा ह्वाट्सएपबाट आर्थिक कारोबार गर्न सक्नेछन्।
भविष्यमा उबर र भिसाजस्ता कम्पनीले समेत त्यसलाई स्विकार गर्न सक्ने फेसबुकले बताएको छ। फेसबुकका अनुसार इन्टरनेटको पहुँचमा भएका र स्मार्टफोन बोक्ने सबैले लिब्रा प्रयोग गर्न सक्नेछन्।
मानिसहरूले पैसाको बचत, लेनदेन र खर्च मोबाइलमा मेसेज पठाए जसरी नै सहज तरिकाले गर्न सकुन् भन्ने आफूहरूले चाहेको फेसबुकले बताएको छ। डिजिटल मुद्रा अस्थिर हुनसक्ने भन्दै कतिपयले चिन्ता व्यक्त गर्ने गरेका छन्।
फेसबुकले भने अहिले प्रयोगमा रहेका बिट क्वाइन जस्ता डिजिटल मुद्राका अनुभवबाट सिक्दै लिब्रालाई परिष्कृत गरिने बताएको छ। त्यसलाई स्वतन्त्र रूपमा व्यवस्थापन गरिने र वास्तविक सम्पत्तिसँग जोड्ने उसको योजना छ।
गुगल पे, एपल पे र सामसङ् पे जस्ता भुक्तानी सेवा बजारमा आइसकेको अवस्थामा फेसबुकको त्यस्तो भुक्तानी सेवासम्बन्धी योजना बाहिर आएको हो। फेसबुकले लिब्रालाई खासमा ब्याङ्क खाता नहुने विश्वभरका १.७ अर्ब युवाहरूलाई लक्षित गरिएको बताएको छ।
यस्तो मुद्रा विश्वव्यापी हुने र लिब्रा प्रयोग हुने एप्स र सेवा सम्बन्धित देशका नियम कानुनसँग जोडिने बताइएको छ।अमेरिकाले यो मुद्रा सुरुवातका लागि सकारात्मक सङ्केत दिए पनि त्यसबारे कडा नियमन थालिएका भारतजस्ता ठूला बजारमा के हुने भन्ने निश्चित छैन।
मे महिनामा सार्वजनिक गरिएको एक रिपोर्टका अनुसार मुद्रा सार्वजनिक हुँदा १२ वटा बजार मात्र त्यसको लागि तयारी अवस्थामा हुने देखिएको छ। डिजिटल मुद्राको बजारमा जान लागेको यो फेसबुकको पहिलो अभ्यास भने होइन।
एक दशकअघि नै उसले ुफेसबुक क्रेडिट्सु सुरु गरेको थियो जसले सामाजिक सञ्जालहरूमा एप्समार्फत सामग्रीहरू किन्न सघाउँथ्यो। यद्यपि फेसबुकले उक्त काम खासै सफल नभएपछि दुई वर्षभन्दा कम समयमै बन्द गर्यो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार