नेपालमा नै भेटिए अन्तर्राष्ट्रिय स्तरका सुन तस्कर, घरको ‘मझेरी’मा सुन गाडेको भेटेपछि प्रहरीको अपरेशन कडा
इन्द्र रिजाल
असार ८, २०७६ आइतबार २३:४६:१२
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा नेपाली बजारमा सुनको मुल्य बढ्ने क्रम जारी छ । नेपाली रुपैयाँ अबमुल्यन हुँदा सुनको भाउ तोलाको ६५ हजार रुपैयाँमा कारोबार भई नयाँ रेकर्ड कायम भएको छ ।
सुनको भाउमा भएको बृद्धिसँगै सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ गर्न र कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सक्रिय भएको छ । कुनै व्यक्तिहरु सुनको अवैध कारोवारमै संलग्न छन् भने कोही व्यक्तिहरु प्रचलित कानुनबारे अनजान भएका कारण कानूनत तोकिएको परिमाण भन्दा बढी सुन साथमा लिएर हिँड्दा समेत पक्राउ पर्ने गरेका छन् ।
कन्चनपुर झलारी बस्ने लक्ष्मण तिरुवा सुनको अवैध कारोवारमा पक्राउ पर्ने अभियुक्तमध्ये एक हुन् । उनी २०७५ फागुन २ गते पक्राउ परे । अवैध रुपमा भारतबाट सुन भित्र्याएर लुकाएको अभियोगमा उनी पक्राउ परेका हुन् । कन्चनपुर शुक्लाफाँटमा उनकै घरभित्र खाल्टो खनी राखेको ५ केजी र पूर्णवासस्थित शंकर विकको घरमा खाल्डो खनी लुकाएको १८ केजी अवैध सुनसहित उनी पक्राउ परेका हुन् ।
यस्ता आपराधिक क्रियाकलाप रोक्नका लागि आधुनिक प्रविधिको प्रयोग आवश्यक भएकोले नेपाल प्रहरीको ध्यान यसतर्फ केन्द्रीत छ । चुनौतीको सामनाबारे प्रहरी नायव महानिरीक्षक पोखरेल भन्छन्, “यस्ता कारोबारबाट सजिलै र संगठित रुपमा ठूलो मात्रामा आम्दानी हुने लोभले गर्दा कारोबार निरन्तर भइरहने हुनाले चुनौती थपिएको हो । अहिले जुन ढंगले प्रहरीले सक्रियता बढाएको छ, सूचना संजाल बढाएको छ, तीव्रताका साथ काम गरेको छ यसले गर्दा भोलिका दिनमा कारोबारमा ठूलो न्यूनता आउने विश्वास छ ।” अवैध सुनको कारोवारमा संलग्न व्यक्तिहरुले तस्करीका विभिन्न तरिकाहरु अपनाउने गरेका छन् । प्रायः सुनलाई लिक्विड बनाएर गुदद्वारमा राख्ने, फल्सवटम बनाई लुकाउने, सुटकेशको डण्डीभित्र राख्ने, सुनको बाहिर फरक धातुको जलप लगाउने, सुन भन्दा फरक आकारमा राखेर ओसारपसार गर्ने गरेको पाइएको छ ।
जम्मा २ कक्षासम्म अध्ययन गरेका उनी भारतमा सवारी चालकको काम गर्थे । तिरुवाजस्तै सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ पर्ने क्रम हाल बढ्दो छ । चालु आर्थिक वर्षको ११ महिनामा सुनको अवैध कारोबारमा संलग्न १ सय ७ जना पक्राउ परेका छन् । उनीहरुमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ९२ जना, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गत ५ जना, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गत ४ जना, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गत २ जना र सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गत ४ जना रहेका छन् । गत आर्थिक वर्ष २०७४/०७५ मा अवैध सुन ओसार पसार कार्यमा संलग्न ९० जना मात्र पक्राउ परेका थिए ।
चालु आर्थिक वर्षमा पक्राउ परेका व्यक्तिहरुबाट ८४ किलो ३ सय ३७ ग्राम ७ तोला अवैध सुन बरामद भएको छ । उक्त सुनमध्ये महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट ३६ किलो ६ सय ४० ग्राम, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ७ तोला, ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतबाट ११ किलो १ सय ८८ ग्राम, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा अन्तर्गतबाट १० किलो, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत अन्तर्गत १ किलो ७ ग्राम र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अन्तर्गतबाट २५ किलो ५ सय १ ग्राम बरामद भएको हो । साथै अवैध सुन कारोबारीबाट २३ करोड ५५ लाख ४१ हजार ८ सय ४१ रुपैयाँ राजश्व असुली भएको छ ।
उक्त असुलीमध्ये सबैभन्दा बढी महानगरीय प्रहरी कार्यालय रानीपोखरी अन्तर्गतबाट १२ करोड ९० लाख ३३ हजार ९ सय ३५ रुपैयाँ र सबै भन्दा कम २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर अन्तर्गतबाट ४ लाख ५३ हजार ६ सय रुपैयाँ छ ।
अपराध र अपराधीप्रति प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानुनी कठोरताको नीति लिएपछि सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ संख्या ह्वात्तै बढेको हो । सो क्रममा सुनको अवैध कारोवार तथा ओसारपसारमा संलग्न व्यक्तिहरु मात्रै होइन मुख्य कारोवारीहरुसमेत पक्राउ परेका छन् । यस्ता अपराधीहरु अन्तर्राष्ट्रिय रुपमा समेत सक्रिय रहेको अनुसन्धानले देखाएको छ ।
सुनको अवैध कारोबार नियन्त्रणमा प्रहरीको सक्रियताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल भन्छन्, “अवैध कारोबारमा संलग्न व्यक्तिहरुको सूचना राखेर पक्राउ गर्ने अभियान तीव्र पारिएको छ । कारोबार भन्दा पनि पक्राउ गर्ने क्रम बढेको हो । कारोबारी पक्राउ र अवैध सुन कारोबार नियन्त्रणलाई उच्च प्राथमिकता दिँदै नेपाल प्रहरीले मेहनतका साथ काम गर्दै आएको छ ।”
खुल्ला सिमाना र विमानस्थल लगायतका कारोबार हुने स्थानमा आधुनिक उपकरणको कमीका कारण अवैध कारोवारले प्रसय पाएको छ । अपराधले निरन्तरता पाउँदा चुनौति समेत बढेको छ । आधुनिक प्रविधिको कारण कारोबारीले सुनको अवैध कारोवारमा पनि नयाँ कार्यविधि र शैली अपनाएको पाइन्छ । जसले गर्दा अनुसन्धानमा थप जटिलता थपिएको छ ।
यस्ता आपराधिक क्रियाकलाप रोक्नका लागि आधुनिक प्रविधिको प्रयोग आवश्यक भएकोले नेपाल प्रहरीको ध्यान यसतर्फ केन्द्रीत छ । चुनौतीको सामनाबारे प्रहरी नायव महानिरीक्षक पोखरेल भन्छन्, “यस्ता कारोबारबाट सजिलै र संगठित रुपमा ठूलो मात्रामा आम्दानी हुने लोभले गर्दा कारोबार निरन्तर भइरहने हुनाले चुनौती थपिएको हो । अहिले जुन ढंगले प्रहरीले सक्रियता बढाएको छ, सूचना संजाल बढाएको छ, तीव्रताका साथ काम गरेको छ यसले गर्दा भोलिका दिनमा कारोबारमा ठूलो न्यूनता आउने विश्वास छ ।”
अवैध सुनको कारोवारमा संलग्न व्यक्तिहरुले तस्करीका विभिन्न तरिकाहरु अपनाउने गरेका छन् । प्रायः सुनलाई लिक्विड बनाएर गुदद्वारमा राख्ने, फल्सवटम बनाई लुकाउने, सुटकेशको डण्डीभित्र राख्ने, सुनको बाहिर फरक धातुको जलप लगाउने, सुन भन्दा फरक आकारमा राखेर ओसारपसार गर्ने गरेको पाइएको छ । यस्ता कारोबार नियन्त्रणबारे अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सन्दीप भण्डारी भन्छन्, “भन्सारसँग समन्वय गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय इन्टेलिजेन्स प्रयोग गरी काम गर्छौ । विशेष निगरानी, प्राप्त सूचना, प्रविधिको प्रयोग र समन्वयको आधारमा त्यस्ता कारोबारी फेला पारी पक्राउ गर्न प्रहरी सफल हुँदै आएको छ ।
विविध चुनौतीको वावजुद पनि प्रहरीले ठूलो संख्यामा सुनको अवैध कारोवारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको छ । सुनको अवैध कारोवार नियन्त्रणका लागि प्रहरीले आधुनिक प्रविधिको प्रयोग, विमानस्थल तथा भन्सारमा आवतजावत गर्ने व्यक्तिहरुलाई विशेष निगरानी तथा जाँच गर्ने गरेको छ । आवश्यकता अनुसार सादा पोसाकमा समेत प्रहरी परिचालन हुन्छन । अनुसन्धानको क्रममा कानुनसम्मत पुरा गर्नुपर्ने सबै प्रक्रिया कार्यान्वयन गर्दै चौविसै घण्टा प्रहरी सक्रिय भएबाट अवैध कारोबारी निरुत्साहित भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार