नेपालमा विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द, विज्ञापन ऐन लागू भएमा व्यवसाय नै धरापमा !
इन्द्र रिजाल
असार ९, २०७६ मंगलबार २:१०:३१
काठमाडौं । प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरु २४ घन्टाका लागि बन्द गरेका छन् ।
सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मका लागि विज्ञापन प्रसारण हुने विदेशी च्यानलहरुको प्रसारण बन्द गरिएको हो । सोमबार काठमाडौंमा इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्तरुपमा पत्रकार सम्मेलन गर्दै विदेशी च्यानलहरु बन्द गराएको जानकारी दिएका हुन् ।
विज्ञापन नभएका विदेशी च्यानलको भने प्रसारण नरोकिएको महासंघले जनाएको छ । संसदमा पुगेको ‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ ।
उक्त व्यवस्था लागू गर्दा उत्पन्न हुने परिस्थितिको जानकारी गराउन भन्दै सेवा प्रदायकहरुले च्यानलहरु बन्द गराएका हुन् । नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमध्ये अधिकांशमा विज्ञापन रहेको छ । कुनैपनि विदेशी च्यानलले नेपालमा प्रसारणका लागि विज्ञापनरहित लिंक उपलब्ध गराउनुपर्ने भएकाले विज्ञापनरहित प्रसारण व्यावहारिकरुपमा लागू गर्न अप्ठ्यारो हुने जनाइएको छ ।
भारतीय ब्रोडकास्टर फोरमले यसअघि नै विज्ञापनरहित च्यानल दिन नसक्ने जनाइसकेको छ । टेलिभिजन प्रदायकहरुले प्रस्तावित विज्ञापन ऐन लागू भएमा डिजिटल टेलिभिजन व्यवसाय नै धरापमा पर्ने दाबी पनि गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार