गतलाङगाउँको उच्च क्षेत्रमा २०० लौठसल्लाको बिरूवा रोपण
इन्द्र रिजाल
असार १५, २०७६ आइतबार १३:२०:५७
रसुवा । क्यान्सर रोगको औषधिमा प्रयोग हुने उपयोगी मानिएको लौठसल्लाका बिरूवा उत्तरी रसुवाको गतलाङ क्षेत्रमा शनिबार रोपण गरिएको छ ।
‘एक व्यक्ति, एक बिरूवा रोपण’ अभियानलाई सार्थक पार्दै डिभिजन वन कार्यालय रसुवाको आयोजनामा आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत गतलाङगाउँको उच्च क्षेत्रमा २०० लौठसल्लाको बिरूवा रोपणकार्य सम्पन्न भएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए ।
राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारी समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा रोपण गरिएको लौठसल्लाको बिरूवा संरक्षणका लागि स्थानीय समुदायलाई जिम्मा दिइएको गाउँपालिकाले जनाएको छ ।
रोपण गरिएको लौठसल्लाको बिरूवा हुर्किएपछि धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा मानिदै आएको पार्वती कुण्ड पुग्ने यात्रु एवं पर्यटकलाई थप मनमोहक बनाउने र पाहुनाको चहलपहल ह्वात्तै बढ्ने अपेक्षा राखिएको स्थानीयवासीले बताएका छन् ।
बिरूवा रोपणका लागि स्थानीय प्रशासक, सुरक्षा अङ्ग, स्थानीय तहका नेता तथा कार्यकर्ता, वन संरक्षण उपभोक्ता समिति, संरक्षणका लागि कार्यरत गैसस, सङ्घसंस्थासमेतको सहभागिता रहेको बताइएको छ ।
यस्तै हरियाली बढाई वातावरणको संरक्षण गर्न डिभिजन वन कार्यलय रसुवालेसरकारी निकायको परिसरमा समेत बिरूवा रोपण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।
वन कार्यालयले उपलब्ध गराएको बिरूवा सहयोगबाट जिल्ला सरकारी वकिल कार्यालयको परिसरमा गत महीना मनाइएको गणतन्त्र दिवसको अवसर पारी विभिन्न प्रजातिका सयौँ बिरूवा रोपण गरी गणतान्त्रिक बगैँचा स्थापना गरिएको बताउँदै जिल्ला सरकारी वकिल बाबुराम भट्टराईले संरक्षणको कामसमेत निरन्तररूपमा भइरहेको जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा
बैशाख २७, २०८१ बिहिबार
त्रिपालमुनि अनिदोमै रात कटाउँदै आगलागीपीडित परिवार
बैशाख २७, २०८१ बिहिबार
नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार