जेठमा मात्रै मुलुकभर १६५ महिलामाथि हिंसा !
इन्द्र रिजाल
असार १७, २०७६ बुधबार ५:२३:४७
काठमाडौं । महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गत जेठमा मात्रै मुलुकभर १६५ लैङ्गिक विभेदमा आधारित महिला हिंसाका घटना भएका जनाएको छ ।
आरेकले आज सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार जेठमा ७८ घरेलु हिंसा, ५२ यौन हिंसा, १४ सामाजिक हिंसा, छ हत्या, छ मानव बेचविखन र तीन पारिवारिक स्रोतका अनुसार लैङ्गिक विभेदका कारणले आत्महत्याका घटना भएका छन् ।
त्यस्तै दुई बेचविखन प्रयास र चार अन्य प्रकारका हिंसाका घटना भएका ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिए ।
उमेरका आधारमा विश्लेषण गर्दा सबैभन्दा धेरै ५० जना १७ देखि २५ वर्ष उमेर समूहका महिला छन् भने त्यसपछि हिंसामा पर्ने ४६ जना १६ वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् ।
त्यस्तै ३९ जना २६ देखि ३५ वर्ष उमेर समूहका, १९ जना ३६ देखि ४५ वर्ष उमेर समूहका रहेका आरेकले जनाएको छ । प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा, सबैभन्दा बढी ६८ हिंसा श्रीमान्बाट भएको देखिएको छ भने त्यसपछि ४४ हिंसाका घटना छिमेकीबाट र १४ परिवारका सदस्यबाट भएको पाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार