औषधिबाट गर्भपतन : भविष्यमा बाँझोपन र मातृ मृत्युदरको समस्या !
इन्द्र रिजाल
असार २१, २०७६ आइतबार ४:३०:३९
कास्की । शहरी क्षेत्रमा औषधि सेवन गरेर गर्भपतन गराउने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको ‘स्वास्थ्य र सुरक्षित गर्भपतन’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा सहभागिले चिकित्सकको सल्लाहबिना औषधि पसलमा गएर पारासिटामोलको चक्कीजस्तै गर्भपतन गराउने औषधि उपयोग गर्दा भविष्यमा बाँझोपन र मातृ मृत्युदरको समस्या आउनेतर्फ सचेत बन्नुपर्नेमा जोड दिए ।
स्त्रीरोग विशेषज्ञ डा. गिरीधारी पौडेलले परिवार नियोजनको साधन जस्तो गरी गर्भपतनलाई उपयोग गर्नाले भविष्यमा बाँझोपनको समस्या आउने र सूचीकृत नभएको स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीबाट गर्भपतनका औषधि बिक्री वितरण हुँदा महिलाको स्वास्थ्यमा हानी पु¥याइरहेको बताए ।
कानूनी मान्यता पाएसँगै सरकारले गर्भपतन सेवा विस्तार गरेपनि ४२ प्रतिशतले मात्र सुरक्षित रुपमा गर्भपतन गराएको र बाँकीले अझैपनि असुरक्षित तरिकाले गर्भपतन गराएकाले यस सम्बन्धी जनचेतना क्याम्पस तथा समुदायमा सञ्चालन गर्नुपर्ने आश्यकता औल्याइयो ।
प्रतिवर्ष एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले असुरक्षित गर्भपतन !
नेपालमा महिलाको राजीखुशीले १२ हप्तासम्मको गर्भलाई गर्भपतन गराउन पाउने कानूनी व्यवस्था गरिएको छ । त्यस्तै जबर्जस्ती वा हाडनाता करणीवाट रहन गएको १८ हप्तासम्मको गर्भ तथा गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यान खतरा पुग्ने अवस्थामा जुनसुकै अवधिको पनि गर्भपतन गराउन सकिने कानूनी व्यवस्था छ ।
नेपालमा कूल मातृ मृत्युमध्ये सात प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणबाट हुने गरेकाले पनि यसतर्फ अहिल्यै सचेत हुनुपर्ने स्वास्थ्य निर्देशनालयका डा।.भोजराज गौतमले बताए। प्रतिवर्ष तीन लाख २३ हजार महिलाले गर्भपतन गराउने गरेकोमा ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेको बताइन्छ ।
प्रतिवर्ष एक लाख ८६ हजार १४४ महिला तथा किशोरीले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको गौतमले बताए । गौतमका अनुसार गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७४र७५ मा १३ हजार ९५७ ले गर्भपतन गराएकोमा औषधिको प्रयोगबाट नौ हजार ३९९ र चिरफारको माध्यमबाट चार हजार ५३७ ले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
गर्भपतनले कानूनी मान्यता पाइसकेपनि अझै ६० प्रतिशतलाई महिलालाई यसबारेमा ज्ञान नहुुनु तथा ग्रामीण भेगमा गर्भपतनको सुविधा नहुनुले पनि असुरक्षित गर्भपतनको दर बढेको मातृ स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको आइपास नेपालका थमकुमारी कुँवरले बताइन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
वैदेशिक रोजगारीमा भएको ठगिलाई सरकारले हेर्नुपर्छः देउवा
जेठ ५, २०८१ शनिबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार