सजीव ढुङ्गाहरुको शहर
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार १८:३१:२५
जहिल्यै म मेरो घर पारिपट्टीको खोलामा
ढुङ्गाहरुको सानो बस्ती देख्थेँ
जहाँ सबै ढुङ्गा नतमस्तक हुन्थे
न श्वास फेर्थे न दुनियाँ हेर्थे
केवल साउने भेल उर्लदा
कहिल्यै एकअर्कालाई छुन्थे
त कहिल्यै उछिटिन्थे
हिजोसम्म ढुङ्गाको
ग्रामीण बस्ती नियाल्ने
म आज
ढुङ्गाकै विशाल शहर नियाल्दै छु
जहाँको ढुङ्गाहरु थोरै फरक छन्
जसको
आँखा छ, नाक छ, कान छ, तन छ
अनि
मरुभूमिजस्तै जर्जर मन छ।
सम्झन्छु
म अझै
ती बस्तीका निर्जीव ढुङ्गालाई
मेरो
मानव बस्तीमा भगवान ठानी
भक्ति गरिन्थ्यो
र कतै भेटि त कतै नैवेद दिइन्थ्यो
ती ढुङ्गा
नभएको आँखाले
केवल हेरिरहन्थे
तर यहाँका ढुङ्गाहरु त
भक्ति भन्दा बढी भेटी खोज्छन्
नैबेद कम भए
आफ्नै भक्तको शरीर टोक्छन्
रामको उपमा दिँदा
रावण बन्छन्
सितालाई त यहाँ छानीछानी बेच्छन्
अनि
सायद नबोली भन्छन
हामीलाई छ र
केको डर
यो त हामी सजीव ढुङ्गाहरुको
स्वायत्त शहर।
याद छ मलाई
म रुँदा
ती बस्तीका ढुङ्गाहरु वास्ता
मलाई गर्दैनथे
किनकी तिनीहरु त
सदावहार निर्जीव थिए
तर यस शहरका ढुङ्गाहरुको
त आँखा छ र पनि हेर्दैनन्
कान छ र पनि सुन्दैनन्
तन छ र पनि छुँदैनन्
अनि थोरै भए पनि साँघुरो
मन छ र पनि बुझ्दैनन्
केवल अदम्य भावले
उपहास गरी रहन्छन्
र
नबोली सायद भन्छन्
यहाँ मान्छेलाई बोलाउन
के को कर
यो त हामी
सजीव ढुङ्गाहरुको स्वायत्त शहर।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपालको समृद्धिका निम्ति स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी
बैशाख २८, २०८१ शुक्रबार
जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक
बैशाख २३, २०८१ आइतबार
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार