कर्णालीमा अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन शुरु
इन्द्र रिजाल
असार २९, २०७६ आइतबार २३:५:२९
सुर्खेत । विश्वको जल्दोबल्दो मुद्दा मानिने व्यवस्थापन र रुपान्तरणमा देखिएका समस्याका सवालहरुको पहिचान गरी तिनको समाधान दिने उद्देश्यले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘अन्तर्राष्ट्रिय व्यावसायिक सम्मेलन’ शुरु भएको छ ।
मध्यपश्चिम विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम) द्वारा आज यहाँ आयोजित ‘व्यवस्थापन तथा रुपान्तरणका लागि प्रश्नहरुको उठान’ विषयक सम्मेलनको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्मेलनले यस प्रदेशको योगदान र गरिमा बढाउनुका साथै सरकारको आगामी रुपरेखा तयारीमा सघाउ पुग्ने बताएका छन् ।
मानवजातिको विकास शिक्षाबाट भएको बताउँदै उनले भने, “विश्व मानव समुदाय विकासको महत्वपूर्ण आधार भनेकै शिक्षा हो । यसले नै मानव विकासलाई उत्कर्षमा पु¥याएको छ ।” देशको अहिलेको आवश्यकता सैद्धान्तिक नभई प्राविधिक शिक्षा भएकाले विश्वविद्यालयले यसैमा जोड दिनुपर्ने उनको सुझाव थियो ।
उनले कर्णाली प्रदेशमा कति मेगावाटको जलविद्मुत उत्पादन गर्न सक्दछ भन्नेमा अनुसन्धान र सम्भाव्यता अध्ययन गर्न अनुरोध गर्दै प्रदेश सरकारले विश्वविद्यालयको शैक्षिक विकासमा आवश्यक सहयोग गर्ने विश्वास समेत दिलाए ।
सो अवसरमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा उपेन्द्रकुमार कोइरालाले सरकारको दीर्घकालीन विकासमा सघाउ पु¥याउने अनुसन्धानात्मक कार्य गर्ने बताए । “यस विश्वविद्यालयको जनशक्तिले नेपाल मात्र नभई विश्वमा नै योगदान पु¥याओस् भन्ने लक्ष्य राखेका छौं,” उनले भने, “यसका लागि विश्वविद्यालयले प्रमुख भूमिका खेल्नेछ ।” हरेक क्षेत्रमा व्यवस्थापनले ठूलो अर्थ राख्ने भन्दै उपकुलपति प्रा डा कोइरालाले यसले मानवजीवन रुपान्तरणमा ठूलो फरक पारेको बताए ।
सम्मेलनको उद्देश्यबारे प्रष्ट पार्दै स्कूल अफ म्यानेज्मन्टको एमबिए, एमफिल एण्ड पिएचडी कार्यक्रमका निर्देशक डा नारायण पौडलले सम्मेलनमा सहभागी विभिन्न विश्वविद्यालयले व्यवस्थापन र रुपान्तरणमा देखिएका चुनौती तथा समस्याको कार्यपत्र प्रस्ततु गर्नेछन् भने।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालका त्रिभुवन विश्वविद्यालयलगायतका सबै प्रमुख विश्वविद्यालय, भारत र पाकिस्तानका विभिन्न विश्वविद्यालय तथा संयुक्त राज्य अमेरिकाको फ्लोरिडा विश्वविद्यालयको सहभागिता रहेकोे छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार