अब भारी बर्षा नहुने ,मनसुनी रेखा दक्षिण सर्यो
इन्द्र रिजाल
असार ३१, २०७६ मंगलबार १४:४५:२७
काठमाडौं । हिजो देखि मनसुनी गतिविधि देशभर कमजोर हुँदै गएको छ । यद्यपि अझै एक-दुई दिन देशका केही स्थानमा वर्षा भने हुनेछ ।
आगामी २४ घण्टासम्म पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढीको जोखिम कायमै भएकाले सामान्य सतर्कता अपनाउनुपर्ने मौसमविदले बताएका छन् । मौसमी प्रतिकुलताका कारण हवाई र सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने पूर्वानुमान छ ।
मौसमविद समीर श्रेष्ठले मनसुन न्यून चापिय रेखा दक्षिण सर्दै गएकाले अब धेरै पानी नपर्ने बताए । उनले भने, ‘न्यून चापिय रेखा नेपालबाट विस्तारै दक्षिण सर्दै गएको छ, त्यसले अब धेरै पानी पर्ने क्रम हुँदैन ।’
अहिले मनसुन न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा केही तल छ । जसको कारण मनसुनी गतिविधि देशभर कम सक्रिय छ । यद्यपि मंगलबार दिउँसो पहाडि र तराईका १-२ स्थानमा तथा राति पूर्वी तथा पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए ।
साउन १ गते बुधबार राति भने पूर्वी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार