नेप्से परिसूचक उकालो लागिरह्यो
इन्द्र रिजाल
असार ३१, २०७६ मंगलबार २३:४४:५५
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.४५ विन्दुले बढेर एक हजार २५९.०१ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ विन्दुले बढेर २७१.२५ मा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उकालो लागेपनि कारोवार रकममा भने उल्लेख्य वृद्धि भएन । कूल १६१ कम्पनीको १९ लाख ५६ हजार ६३० कित्ता शेयर रु ३४ करोड ७२ लाख ८९ हजार २७५ मूल्यमा खरिद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह नै वृद्धि भएको छ । बैंकिङ ४.१३, होटल ५६.०८, विकास बैंक ५.९९, जलविद्मुत १.१६, वित्त ५.१४, निर्जीवन बीमा १०.४६, उत्पादन ७.०९, अन्य २.२३, लघुवित्त ५.५, जीवन बीमा १.७३ र सामूहिक लगानी कोष ०.४८ विन्दुले बढेका छन् । आज चालू आर्थिक वर्षको अन्त्य र बुधबारदेखि नयाँ आर्थिक वर्ष शुरु हुने भएकाले पनि शेयर बजारमा लगानीकर्ताको चासो बढेको हो ।
स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु पाँच करोड ७८ लाख ७२ हजार ५७७, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ४४ लाख ५० हजार, नबिल बैंक रु दुई करोड ६ लाख ९० हजार ४८६, शिवम् सिमेन्ट रु एक करोड ४९ लाख ६९ हजार ९३४, नेशनल लाइफ इन्स्योरेन्स रु एक करोड २९ लाख ३० हजार ५४३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
स्टकका अनुसार नबिल इक्विटी फण्डका लगानीकर्ताले ९.१२ प्रतिशतले कमाए । सिभिल लघुवित्त वित्तीय संस्था ८.८२, सिटिजन म्यूचल फण्ड ८.३०, एनएमबी हाइब्रिड फण्ड ७.८५ र अरुण काबेली पावरका शेयरधनीले ६.२१ प्रतिशतले कमाए । त्यस्तै आँखु खोला जलविद्मुत कम्पनी ४.१६, रिडी हाइड्रो ३.२२, स्वरोजगार लघुवित्त वित्तीय संस्था २.८६, फस्टमाइक्रो फाइनान्स डेभलपमेन्ट २.८४ र सानिमा माई हाइड्रोपावारका शेयरधनीले २.३९ प्रतिशतले गुमाए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
मोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार