कञ्चनजंघा आरोहणमा २ भारतीयको मृत्यु, चिलीका एकजना सम्पर्कविहीन
इन्द्र रिजाल
जेठ २, २०७६ बिहिबार १९:३७:५४
काठमाडौं । विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणका क्रममा दुई भारतीय आरोहीहरुको बुधबार राति मृत्यु भएको छ । काठमाडौंस्थित पीक प्रमोशन प्रालिका सेल्स तथा मार्केटीङ निर्देशक पासाङ शेर्पाले उनीहरुको मृत्यु भएको पुष्टी गरेका छन् ।
मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको पर्यटन विभागका निर्देशक मिरा आचार्यले बताइन्। पीक प्रमोशनका अनुसार, कुन्ताल आरोहण गर्ने क्रममा ८ हजार मिटर आसपासमा मृत्यु भएको र विप्लवको भने आरोहण सकेर फर्किने क्रममा मृत्यु भएको हो।
त्यसैगरी दक्षिण अमेरिकी मुलुक चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन्। निर्देशक शेर्पाका अनुसार, उनी आरोहण सकेर फर्किने क्रममा चौथो शिविरभन्दा माथीबाट हराएको हुनसक्ने अनुमान गरिएको छ।
यसैबीच भारतीयहरुको शव शुक्रबार दोस्रो शिविरसम्म ल्याइने र त्यहाँबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइने कम्पनीले जनाएको छ। हराएका रोडरीगोको खोजी भइरहेको छ। यस सिजनमा यस कम्पनीबाट कञ्चनजंघा आरोहणमा चारवटा आरोहण दल गएका थिए। तीनमा २३ आरोही थिए।
यीमध्ये एक जर्मनी र दुई भारतीय नागरिक बिरामी भएकाले बिहीबार बिहान कैलाश एयरको हेलिकप्टरले उद्धार गरी काठमाडौं ल्याउने तयारी गरीरहेको छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार
असार २, २०८१ आइतबार
मेलाबाट भएको आम्दानीबाट वनभोजस्थल सहितको उद्यान
असार २, २०८१ आइतबार
पर्यटकीय आकर्षणको केन्द्रबिन्दु अमरसिंह थापाको शालिक
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार