काठमाडौं । ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका भरतमोहन अधिकारीको ८४ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
२१ दिनदेखि आईसीयूमा उपचार गराइरहेका नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको पार्टी सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास लगायतका समस्या देखिएको थियो । अधिकारीको वि.सं.१९९३ बैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्म भएको हो ।