१६ चैत्र २०७९, बिहीबार
बैंकिङ बजार

फेरि मर्ज र एक्विजिशनमा जादै प्रभु बैंकले दिने भो ८ प्रतिशत बोनस , शेयर संरचना पनि परिवर्तन

प्रकाशित मिति :  २१ फाल्गुन २०७५, मंगलवार १८:२१


काठमाडौं । छोटो समय मै उल्लेख्य प्रगति गर्न सफल प्रभु बैंकले आफ्नो बिद्यमान शेयर संरचना परिर्वतन गदै १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साथै सभाले अन्य बैंक तथा वित्तीय संस्था मर्जर वा एक्विजिशन (प्राप्ति) सम्बन्धी प्रक्रिया बढाउने प्रक्रिया अगाडि बढाउने अधिकारी सञ्चालक समितिलाई प्रदान गरेको छ । बैंकले यसअघि नै आधा दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्था मर्ज वा एक्विजिशन (प्राप्ति) सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यताप्राप्त मुल्याङ्कनकर्ता नियुक्ती गर्ने ,अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) सम्बन्धी समझदारीपत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडि बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

बैंकको साधारण सभाले संस्थापक समूहतर्फ ५५ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४५ प्रतिशत कायम हुने गरी शेयर संरचना परिवर्तन गरेको हो । यसअघि बैंकमा ६१.३१ प्रतिशत संस्थापक तथा ३८.६९ प्रतिशत सर्वसाधारण समूहको शेयर संरचना कायम थियो । यसका लागि बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय गरी सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय भएको छ । सभाले अन्य बैंक तथा वित्तीय संस्था मर्ज वा एक्विजिशन (प्राप्ति) सम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्याङ्कन गर्न मान्यताप्राप्त मुल्याङ्कनकर्ता नियुक्ती गर्ने ,अन्य बैंक तथा वित्तीय संस्थाहरु एक्विजिशन (प्राप्ति) सम्बन्धी समझदारीपत्र तर्जुमा गरी सो सम्बन्धी प्रक्रिया सम्बन्धी अगाडि बढाउने सम्बन्धी अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

सो साधारण सभाले बैंकको संस्थापक तथा साधारण शेयर संरचना परिवर्तन गर्दै गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा सम्पन्न साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको आ.व. २०७४७५ को मुनाफाबाट चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर (६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।

हाल ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ चुत्तापूँजी भएको बैंकको बोनस पश्चात ८ अर्ब ८९ करोड २६ लाख ७८ हजार ९०० रुपैयाँ चुक्ता पूँजी पुगेको छ । देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, १० वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १३२ वटा एटीएम मेशिन तथा १६५ शाखा कार्यालयसहित देशभर फैलिएको ठूलो बैंकिङ्ग सञ्जालको माध्यमबाट १२ लाखभन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष एवं गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ । साथै, बैंकले निकट भविष्यमा देशका विभिन्न २८ स्थानमा नयाँ शाखा कार्यालयहरु खोली सेवा विस्तार गर्ने तयारी गरिरहेको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा