८ चैत्र २०७९, बुधबार
फूटबल

नेपाली राष्ट्रिय पुरुष टिम र मलेसियाबीचको मैत्रीपुर्ण खेल स्थगित

प्रकाशित मिति :  २५ फाल्गुन २०७५, शनिबार १८:५१


काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिम र मलेसियाबीच तय भएको मैत्रीपुर्ण खेल स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मलेसियालाई मैत्रीपूर्ण खेलका लागि अनुमति नदिएपछि नेपालसंग तय भएको खेल तत्कालको लागि स्थगित भएको हो ।

नेपालले २६ मार्चमा मलेसियासंग उसैको मैदानमा खेल्ने तयारी गरेको थियो । मैत्रीपुर्ण खेलका लागि एएफसीले समेत अनुमति दिएको थियो । तर, मलेसियाको यस महिना कोटाभन्दा बढी खेल हुने भएको कारण फिफाबाट अनुमति नपाएको हो ।

मलेसियाले फिफाबाट एक महिनामा ३ मैत्रीपूर्ण खेल खेल्न पाउने प्रावधान रहेको छ । मलेसियाले यसअघि नै २ खेल खेलिसकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का टिम व्यवस्थापक दावा लामाले मैत्रीपूर्ण खेल तत्कालको लागि स्थगित भएको खेलपाटीलाई बताए ।

उनले मलेसिया फुटबल र एन्फा मैत्रीपुर्ण खेल स्थगित गर्न सहमत भएको र नयाँ मिति घोषणा गरिने जानकारी गराए । मलेसियासंगको मैत्रीपुर्ण खेल स्थगित भएपनि नेपालले कुवेतसंग आगामी मार्च २१ मा उसैको मैदानमा मैत्रीपुर्ण खेल खेल्नेछ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा