१८ चैत्र २०७९, शनिबार
राजनीति

विप्लवकाे जवाफ:- सरकारको प्रतिबन्ध- केपी–बादल कम्पनीको कुकर्म

प्रकाशित मिति :  ३० फाल्गुन २०७५, बिहीबार १०:५०


काठमाडौं । नेत्रविक्रम चन्द’विप्लव’ नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्ध नयाँ नभएको जवाफ दिएको छ । पार्टीका महासचिव विप्लवले बुधबार राति एक विज्ञप्ती जारी गर्दै सरकारको प्रतिबन्धलाई केपी–बादल कम्पनीको कुकर्म भनेका छन् ।

विप्लवले एमाले, कांग्रेस र भारतसँग प्रचण्डहरुले टाउको लतारेर कम्युनिष्टप्रति गद्दारी गरेपछि उनीहरुविरुद्ध विद्रोहको झण्डा उठाउनुपरेको दाबी गरेका छन् । उनले २०७२ सालको ‘प्रतिगामी संविधान’ अस्वीकार गरेदेखि नै आफ्नो पार्टीमाथि २०७२ सालदेखि नै अघोषित प्रतिबन्ध लागिसकेको उल्लेख गरेका छन् ।

‘चुनाव वहिष्कारका क्रममा हाम्रा तीनजना साथीहरुको हत्या राज्यबाट भयो । हालै कपिलवस्तुको शिवगढी अञ्चलापुरका युवा दुर्गा रोकालाई जंगलमा लगेर गोली हानिएको छ’, विप्लवले विज्ञप्तीमा भनेका छन्, ‘रोल्पासहितका जिल्लामा प्रहरी अपरेशन चलाइरहेका बेला प्रतिबन्धको घोषणा गरिनु हाम्रा लागि कुनै ठुलो र नौलो कुरा होइन ।’

प्रतिबन्धलाई नौलो नभनेका विप्लवले प्रचण्डलाई नजोडी अहिलेको सरकारलाई केपी–बादल कम्पनीको संज्ञा दिएका छन् । उनले केपी–बादल कम्पनीले दमन गरेमा त्यसको कडा प्रतिरोध गर्न आफुहरु तयारी अवस्थामा रहेको पनि बताएका छन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा