११ मंसिर २०७८, शनिबार
नेपाल प्रहरी

सुवेदीलाई काठमाडौंको कमाण्ड दिँदा लामालाई व्यूरोमा सरुवा

प्रकाशित मिति :  २३ बैशाख २०७६, सोमबार १३:२०


लघुकथा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले  अप्रत्यासित रूपमा महत्वपुर्ण मानिने काठमाडौं प्रहरी परिसर र महानगरिय अपराध महाशाखामा नेतृत्व परिवर्तन गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएका छन् भने हालका काठमाडौं प्रहरी प्रमुख वसन्त लामा लागू औषध नियन्त्रण व्यूरोमा सरुवा भएका छन् ।

नेपाल प्रहरीको प्रवक्ता रहेका सुवेदीलाई काठमाडौंको कमाण्ड दिइएको छ । यस्तै अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएका छन् । विराटनगर तालिम केन्द्रमा रहेका थापालाई धीरजप्रताप सिंहको ठाउँमा ल्याइएको छ । सिंहलाई तालिम निर्देशनालयमा पठाइएकाे छ । यस्तै विराटनगर तालिम केन्द्रमा मानव स्रोत विभागका पुरुषोत्तम कँडेललाई पठाईएको छ भने रिक्त रहेको प्रहरी प्रवक्ताको जिम्मेवारी उत्तमराज जोशीलाई दिईएको छ ।

भावी आईजीपीको प्रवल दावेदार मानिएका सुवेदी र सिंहलाई मात्र होईन ९८ ब्याचका कैयौं वरिष्ठ अधिकृतहरुलाई पछि पार्दै विश्वराज पोखरेल डीआईजीमा एकल बढुवा भएपछिको यो सरुवालाई अर्थपुर्ण मानिएको छ । सुवेदी, सिंह र पोखरेल १०१ न. ब्याचका हुन । एसपीसम्मको बढुवामा कहिले सिंह त कहिले सुवेदी १ न. मा बढुवा हुदै आएका थिए ।

तर एसएसपीको बढुवामा पोखरेलले अप्रत्यासित ह्याट्रिक हानेपछि रोचक बनेको भावी आईजीपीको खेल डीआईजीमा भएको अप्रत्यासित बढुवाले समाप्त प्राय बनाएको छ ।

बारामा प्रहरी–तस्कर सेटिङ , डीआईजी पाल मौन–घुमुवाको रजगज !


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा