प्रहरीको गोली लागी घाइते विप्लव कार्यकर्ताको मृत्यु
इन्द्र रिजाल
जेठ ८, २०७६ बुधबार १७:१९:६
भोजपुर । प्रहरी मुठभेडमा घाइते भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ ।
टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र चन्दका कार्यकर्ताबीच मुठभेड हुँदा मङ्गलबार दिउँसो प्रहरीको गोली लागी षडानन्द नगरपालिका–२ कुदाककाउले घर भएका विप्लव कार्यकर्ता ३२ वर्षीय तीर्थराज घिमिरे घाइते भएका थिए ।
घाइते घिमिरेको उपचारको क्रममा आज बिहान ३ः३० बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।
भोजपुरको भैँसीपङ्खाको भीरको सडकमा ढुङ्गा झरेर बाटो अवरोध भएपछि घिमिरेलाई धरान पु¥याउन ढिला भएको प्रजिअ खतिवडाको भनाइ छ ।
उनले भने, “घिमिरेको धरानमा उपचारका क्रममा मृत्यु भएको हो, घटना भएको स्थलबाट सडकसम्म बोकेर ल्याउन प्रहरीलाई पाँच घण्टा लाग्यो, त्यसपछि भैँसीपङ्खामा सडक अवरोध हुँदा हामीले च्याङ्ग्रेबाट एम्बुलेन्स मगाएर पठाएका थियौँ, पु¥याउन समय लागेका कारण धेरै रक्तश्राव हुँदा मृत्यु भएको हुनसक्छ ।”
घिमिरेको साथमा हतियारसमेत फेला परेको बताइएको छ । सो ठाउँ छिनामखु र खोटाङको केपलासगढी गाउँपालिकाको सीमाक्षेत्रमा पर्दछ । सो क्रममा कार्यकर्ताले प्रहरीमाथि फायर खोलेको र जवाफी कारवाहीमा घिमिरेलाई गोली लागेको प्रजिअ खतिवडाले बताए । दर्जनौँको समूहमा रहेका हतियारधारी समूह त्यहाँबाट जङ्गलको बाटो हुँदै भागेको बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
बैशाख २५, २०८१ मंगलबार
सुहाङले आज सांसद पदको शपथ लिँदै
बैशाख २६, २०८१ बुधबार
केन्द्रीय कार्यकारिणीको बैठकपछि अदालत जाँदै जसपा नेपाल
बैशाख २६, २०८१ बुधबार
राजस्थानमाथि दिल्ली २० रनले विजयी
बैशाख २६, २०८१ बुधबार
वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
बैशाख २६, २०८१ बुधबार
२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २६, २०८१ बुधबार