८ आश्विन २०७८, शुक्रबार
खेलकुद

क्यारेवियन लिगमा महंगिएका सन्दिप

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार ११:१६


काठमाडौं । नेपाली युवा स्पीनर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग बार्बेडर्स टाइटन्सबाट खेल्ने भएका छन् । बुधबार भएको ड्राफ्टमा उनलाई क्लबले बोली लगाएको हो ।

गत सिजन उनले सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सबाट खेलेका थिए । ५ खेल खेलेका उनले ७ विकेट लिएका थिए । त्यसबेला उनको मूल्य मात्र ५ हजार डलर थियो ।
तर यो पटक उनको मूल्य पनि बढेको छ । उनले ७० हजार डलर अर्थात ७८ लाख रूपैयाँ पाउनेछन् ।

बार्बाडोज ट्राइडेन्टसले ७० हजार डलरमा आवद्ध गरेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा छनोट भएका सन्दीप लामिछानेले नयाँ परिवारमा सामेल हुन आतुर रहेको जनाएका छन् ।

उनले फेसबुकमा लेखेका छन्– ‘म नयाँ परिवारमा सामेल हुनका लागि पर्खिन सक्दिनँ । सवैलाई धन्यवाद जसले मेरा लागि माया र सद्भाव देखाउनुभयो । जय नेपाल ।’

पछिल्लो एक वर्ष विश्वका ठूला फ्रेन्चाईज लिगमा आफूलाई महत्वपूर्ण खेलाडीका रुपमा उपस्थित गराउँदै आएका सन्दीपका लागि यो सिजनको सीपीएलका लागि बार्बाडोजले ७० हजार अमेरीकी डलरको मूल्य तिरेको हो ।

सन्दीपले २०१८–०१९ को सिजनमा अस्ट्रेलियाको बीग बास लिग (बीबीएल( मेलबर्न स्टार्सबाट खेलेका थिए ।

त्यस्तै, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग हुँदै आईपीएलमा आफ्नो दोस्रो सिजन पनि दिल्ली क्यापिटल्सबाटै खेलेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता