सुविसु केबल नेट केही दिन भित्रैमा सञ्चालन हुने
नेपालबहस संवाददाता
साउन २३, २०७६ शुक्रबार ४:३६:१८
काठमाडौं । इन्टरनेट, नेटवर्क तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनी, सुविसु केबल नेट प्रालिले एक, दुई दिनभित्रैमा सम्पूर्ण सेवा सञ्चालन हुनेगरी काम भइरहेको जनाएको छ ।
काठमाडौंस्थित बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधबार भिषण आगलागी भएर अवरुद्ध भएको सेवा सञ्चालन गर्न प्राविधिक खटिएको सुविसु कार्यालयले आज एक विज्ञप्तिमार्फत जनाएको छ ।
बुधबार आगलागी भएको केही घन्टाभित्रै थापाथलीस्थित वैकल्पिक डाटा सेन्टरबाट ९० प्रतिशत सेवाग्राहीको सेवा सुचारु गराएको उक्त विज्ञप्तिमा उल्लेख छ ।
विसं २०७२ को भूकम्प पश्चात थापाथलीमा वैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको थियो । क्षतिग्रस्त बालुवाटारको डाटा सेन्टरमा आबद्ध भएका सेवाग्राहीको सेवा सञ्चालन गर्न प्रयासरत रहेको र केही दिनमा नै सेवा सुचारु गर्ने सुविसुले जनाएको छ ।
काठमाडौं महानगरपालिका–४ स्थित बालुवाटारमा बुधबार विद्युत् चुहिएर आगलागी भई कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजलमा आगो सल्किँदा उक्त कम्पनीमा ठूलो क्षति भएको छ । क्षतिको विवरण सकलन भइरहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
के छन सूचना प्रविधिका नयाँ आयाम र चुनौती ?
बैशाख २३, २०८१ आइतबार
सरकारले ब्यान्डविथको भुक्तानी नतिरेका कारण भारतबाटै इन्टरनेट सेवा प्रभावित
बैशाख २०, २०८१ बिहिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर
बैशाख २४, २०८१ सोमबार
५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ
बैशाख २४, २०८१ सोमबार
वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय
बैशाख २४, २०८१ सोमबार
घुस रकमसहित कपिलवस्तु मालपोतका सुब्बा पक्राउ
बैशाख २४, २०८१ सोमबार
गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीले लिए सपथ
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपतिसँग उपत्यकाका स्थानीय तह प्रमुख र उपप्रमुखबीच भेट, बालेन अनुपस्थित
बैशाख २४, २०८१ सोमबार