निस ला लिगा फुटबल : बार्सिलोनाले सेभिल्लालाई हरायो
नेपालबहस संवाददाता
असोज २०, २०७६ सोमबार १३:३१:१५
१९ असोज, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेभिल्लालाई हराएको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लालाई ४–० गोल अन्तरले हराउँदै तालिकाको दोस्रो स्थानमा उक्लिन सफल भएको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुईस स्वारेज, अर्तुरो भिडाल, उसमान डेम्बेले र लियोनल मेस्सीले समान एक एक गोल गरे । बार्सिलोना ८ खेलबाट १६ अंक जोड्यो । बार्सिलोना शीर्ष स्थानको रियल मड्रिड भन्दा मात्र दुई अंकले पछाडी रह्यो । सेभिल्ला १३ अंक सहित छैटौ स्थानमा रह्यो ।
बार्सिलोनाले ९ मिनेटको अन्तरमा तीन गोल गर्दै पहिलो हाफमा सहज अग्रता लिएको थियो । खेलको २७ औ मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए ।
३२ औ मिनेटमा भिडालले घरेलु टोलीको अग्रता दोब्बर बनाए । डेम्बेलेले ३५ औ मिनेटमा गोल गर्दै पहिलो हाफमा बार्सिलोनालाई ३–० ले अघि बढाए । ७८ औ मिनेटमा मेस्सीले दर्शनिय रुपमा फ्रिकिकमा गोल गर्दै बार्सिलोनालाई ४–० को शानदार जित दिलाए ।
बार्सिलोनाबाट डेब्यु गरिरहेका रोनाल्ड अरुजो र डेम्बेले रातो कार्ड खादै मैदान बाहिरिएपछि घरेलु टोलीले ९ खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।
खेलको अन्तिममा अरुजाले ८७ औ र डेम्बेलेले ८८ औ मिनेटमा रातो कार्ड ब्यहोरेका थिए । अर्को खेलमा एट्लेटिको मड्रिडले रियल भालाडोलिडसंग गोल रहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । एट्लेटिको १५ अंक सहित तेस्रो स्थानमा उक्लियो । भालाडोलिड १० अंक जोड्दै तालिकाको १३ औ स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपञ्जावमाथि चेन्नई २८ रनले विजयी
बैशाख २३, २०८१ आइतबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख २३, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि पेसी
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार