देशका केही ठाउँमा आंशिकदेखि सामान्य बदली
नेपालबहस संवाददाता
असोज २३, २०७६ बिहिबार १४:१०:३५
२३ असोज, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम बिहीबार सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद्ले बताएका छन् । बेलुकीतिर भने पूर्वका थोरै ठाउँ, मध्य र पश्चिमी पहाडी भूभागका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भारत र पश्चिम बंगालको आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण यस वर्षको मनसुन अझै बाहिरिन सकेको छैन । मनसुन नसकिँदा फाट्टफुट्ट पानी पर्ने गरेको मौसमविद्को भनाइ छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज २३ गते बिहीबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्वका थोरै ठाउँ, मध्य र पश्चिमी पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनुका साथै पश्चिमी भूभागमा आंशिक बदली रहनेछ । पूर्वका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
असोज २४ गते शुक्रबार
दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भूभागमा आंशिक बदली रहनेछ ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली रहने र केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । तराईका भूभागमा आंशिक बदली रहनेछ ।
असोज २५ गते शनिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पहाडी भूभागमा आंशिक बदली रहने र तराईका भूभागमा सामान्यतया सफा रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार
१०३ वर्षीया वृद्धा माजनी प्रजाले पाइन् नागरिकता
बैशाख २३, २०८१ आइतबार
काठमाडौं उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा
बैशाख २३, २०८१ आइतबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार