तरकारीमा आत्मनिर्भर बनाउन ‘एक घर एक करेसाबारी’
नेपालबहस संवाददाता
मंसिर २६, २०७६ बिहिबार १४:४४:२५
२६ मंसिर वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिकाले ‘एकघर एक करेसाबारी’ अभियान थालेको छ । नगरपालिकाभित्रका प्रत्येक टोल टोललाई लक्षित गरी ‘एकघर एक करेसाबारी’ अभियानअन्तर्गत समेट्ने योजनासहित कामको थालनी गरिएको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताए ।
“नगरभित्र २९३ टोल विकास संस्था छन् । प्रत्येक टोलमा एक-एक वटा नर्सरी स्थापना गर्दै जानेछौँ”, प्रवक्ता अधिकारीले भने, “नर्सरी स्थापना गर्नका लागि आवश्यक तालीम दिएका छौँ । बीउबिजन किन्न र नर्सरी व्यवस्थापनका लागि प्रत्येक टोललाई खर्च पनि दिन्छौँ ।” टोल-टोलमा स्थापना गरिएका नर्सरीबाट प्रत्येक घरलाई निःशुल्क १०-१० वटा विभिन्न प्रजातिका बिरुवा÷बेर्ना उपलब्ध गराउनुपर्ने प्रवक्ता अधिकारीले बताए ।
“एउटा घरलाई निःशुल्क १० वटा बिरुवा उपलब्ध गराउने र त्योभन्दा बढी आवश्यक परेमा कृषक आफैँले नर्सरीबाट मूल्य तिरेर लैजानुपर्ने व्यवस्था मिलाएका छौँ”, प्रवक्ता अधिकारीले भने, “यसले गर्दा प्रत्येक घर यस अभियानमा सहभागी हुने र घरमै कुनै न कुनै तरकारी बाली लगाउन थाल्ने भएकाले ताजा तथा अर्गानिक तरकारी उत्पादन भई तरकारीमा आत्मनिर्भर बनाउन सकिने छ ।”
‘आफ्नो काम आफ्नै रोजगार–कृषि पर्यटन निर्माण हाम्रो आधार’ भन्ने नाराका ‘एकघर एक करेसाबारी’ अभियानमा नगरपालिकाका टोलवासीको सक्रिय सहभागिता रहेको कृषि कार्यक्रमका सल्लाहकार खेमनारायण चापागाईले बताए । “प्रत्येक टोल–टोलमा मौसमी तथा बेमौसमी तरकारीको बेर्ना उत्पादन हुन्छन्”, उनले भने, “टोलमा रहेका प्रत्येक घरले निश्चितमात्रामा बेर्ना निःशुल्क पाउँछन् र अन्य आवश्यक परेमा किन्नुपर्ने हुन्छ ।”
बजारबाट तरकारी किनेर खाने प्रवृत्तिको विकास भइरहेका बेला नगरवासीलाई समयानुसारका तरकारी घरमै करेसाबारी निर्माण गरी लगाउने बानीको विकास मात्रै गर्न सके पनि यो अभियान प्रभावकारी हुने दाबी कृषि सल्लाहकार चापागाईको छ ।
व्यावसायिकरुपमा तरकारीखेती गर्नै नसके पनि थोरै परिश्रमले आफ्नो घर परिवारलाई आवश्यक पर्ने तरकारी घरकै करेसाबारीमा उत्पादन गर्न सकेको खण्डमा आर्थिक बचत तथा ताजा र प्राङ्गारिक तरकारी खानाले स्वास्थ्यमा समेत फाइदा पुग्ने पुतलीबजार नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार