जाडो छ, यसो गरौं स्वस्थ्य रहन
नेपालबहस संवाददाता
मंसिर २७, २०७६ शुक्रबार १८:३४:४९
२७ मंसिर काठमाडौं । जाडो मौसममा श्वास–प्रश्वासको समस्या बढी देखिन्छ । वृद्धवृद्धा तथा बालबालिकामा यो रोग बढी देखिन्छ । चिसो धेरै हुने भएकाले कम काम गर्दा पनि दम बढ्ने र यसले थप समस्या पनि निम्त्याउने गर्छ । धेरै दम बढेमा मुटुमा पनि असर पार्न सक्छ ।
त्यसैले जाडो मौसममा बूढाबूढी तथा बालबालिकालाई चिसोबाट जोगाउनुपर्छ । जाडो मौसमको अर्को मुख्य समस्या रुघाखोकी लाग्नु पनि हो । यो समस्या पनि बालबालिका तथा वृद्धवृद्धामा बढी देखा पर्छ । भाइरल संक्रमणका कारण रुघाखोकी लाग्छ । त्यसैले भाइरल संक्रमणबाट बच्नका लागि रुघाखोकी लागेका मानिसको नजिक बस्नु हुँदैन । उनीहरूले प्रयोग गरेको सामान प्रयोग गर्नु हुँदैन । शरीर न्यानो बनाइराख्नुपर्छ । समय–समयमा तातो पानी तथा सूप सेवन गरिरहनुपर्छ ।
यसैगरी साना बच्चा तथा बूढाबूढीमा जाडो मौसममा निमोनियाँ पनि देखिन सक्छ । यो छातीमा हुने संक्रमण हो । भाइरस, ब्याक्टेरिया तथा फंग्सको संक्रमणका कारण हुने यो रोग अन्य मौसमको तुलनामा जाडो मौसममा बढी नै देखा पर्छ । श्वास–प्रश्वास तथा रुघाखोकीसँगै हुन्छ ।
जाडो मौसममा हाइपोथर्मिया पनि देखा पर्छ । आफ्नो शरीरले उत्पादन गर्न सक्ने तापभन्दा छिटो त्यो ताप शरीरबाट बाहिरिनु नै हाइपोथर्मिया हो ।
अधिक चिसो ठाउँमा पातलो लुगा लगाएर काम गर्दा तथा चिसोको सम्पर्कमा धेरै समय बस्दा यो समस्या उत्पन्न हुन सक्छ । हाइपोथर्मिया हुँदा हातखुट्टा निलो हुने छोएको महसुस हुँदैन । समयमा उपचार नगराए ज्यान जान समेत सक्छ ।
व्यायाम
- जाडोको समयमा खानेकुरा धेरै रुच्ने भएकाले शरीरको तौल बढ्छ । यसलाई कम गर्न नियमित रूपमा व्यायाम गर्नुपर्छ ।
- जाडोमा सबेरै मर्निङ वाकका लागि निस्कनु हुँदैन । निस्कनुपरे पनि बाक्लो पहिरन लगाएर मात्र निस्कनु उपयुक्त हुन्छ ।
- जाडो भयो भनेर अल्छी नगरी घरमा तथा क्लबमा गएर एरोबिक्स, वेट ट्रेनिङ, ट्रेडमिल, साइक्लिङ गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार