प्रहरी अधिकृत एवं जवान संयुक्त मेश निरीक्षण तथा शुभारम्भ
नेपालबहस संवाददाता
माघ १९, २०७६ सोमबार १:५०:५४
१९ माघ काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलको बिशेष पहलमा संचालित प्रहरी संयुक्त मेशर सुधार अभियान अन्तर्गत आज बिहान एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त ठिमीमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको निरिक्षण तथा शुभारम्भ गरेका छन् ।
उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माण र सुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी सर्वप्रथम संयुक्त मेश निर्माण सम्पन्र गरी संचालन गर्न सफल महानगरीय प्रहरी वृत्त ठिमीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोईराला सहित प्रहरी नायव निरीक्षक पृथ्वी बहादुर खत्री, प्रहरी नायव निरीक्षक तेज बहादुर बस्नेत, प्रहरी हवल्दार रामबाबु कुशवाह र प्रहरी जवान देवेस मिश्रलाई प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले पुरस्कृत गरे ।
प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल भन्छन्, मेस सुधारको अभियान चर्चा परिचर्चाको बिषयमात्र नभई वर्षौ देखि चली आएको प्रहरीविचको मनोवैज्ञानीक दुरी अन्त्यको परिष्कृत रूप हो । यसले पदीय जिम्मरवारी बाहेकको भाईचार विकाश गरि अपनत्व भाव सृजना गर्दछ एंव सामुहिक ऐक्यबद्धतालाई प्रोत्साहित गरि अन्ततगोत परिणाम मुखि कार्य सम्पादनमा गहन भुमिका निर्वाह गर्दछ ।
यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेश संचालन हुदै आएको थियो । यसरी संचालनमा आएको मेश प्रणालीबाट तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको तथा यसबाट प्रहरी जवान-हवल्दारहरुको मनोबलमा नकाराल्मक असर परेको तथ्यलाई आत्मसाथ गरी सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेश निर्माण र सुधार अभियान शुभारम्भ गरिएको बताउदै मातहत कार्यालयहरुले यस अभियान सफल बनाउन देखाएको तदारुकता र बिकसित सकारात्मक सोच प्रशंसनिय रहेको समेत बताए ।
चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरिय र प्रभावकारी हुने अपेक्षा रहेको उनले बताए।
प्रहरी कर्मचारीहरूको सेवा सुविधाको लागी आफु जहापनि जहिले पनि लड्ने, तल्लो वर्गको कर्मचारीहरुको वृत्ति विकासलाई ध्यानमा राखी उनिहरुको मनोबल माथि उकास्न सके मात्र उनीहरुबाट प्रवाह हुने सेवा प्रभावकारी हुने भएकाले आफुले जवान हवल्दार लक्षित अभियान संचालन गरेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
बैशाख १९, २०८१ बुधबार
आईजीपी वसन्तबहादुर कुँवर स्वदेश फिर्ता
बैशाख १९, २०८१ बुधबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
चमेराहरू किन उल्टो झुण्डिएर सुत्छन् ?
बैशाख २२, २०८१ शनिबार
अनन्या र आदित्यको ब्रेक अप !
बैशाख २३, २०८१ आइतबार
बाँकेमा नौ महिनामा एक सय १२ नवजात शिशको मृत्यु
बैशाख २३, २०८१ आइतबार
वर्षौसम्म जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय पुल बनेपछि खुसी
बैशाख २३, २०८१ आइतबार
के छन सूचना प्रविधिका नयाँ आयाम र चुनौती ?
बैशाख २३, २०८१ आइतबार
दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन
बैशाख २३, २०८१ आइतबार
डढेलोका कारण दुनाटपरी बनाउने उद्योग संकटमा
बैशाख २३, २०८१ आइतबार