बुधबार , मंसिर १७, २०७७

महिनावारी भएको बेला यौन सम्पर्क गर्दा कुनै पनि प्रकारको हानी हुँदैन

महिनावारी भएको बेला यौन सम्पर्क गर्दा कुनै पनि प्रकारको हानी हुँदैन

१९ माघ काठमाडौं । अमेरिकामा हालै गरिएको एक अध्ययनबाट महिनावारी भएको बेला यौनसम्पर्क गर्दा कुनैपनि प्रकारको हानी नहुने प्रमाणित भएको छ ।

महिनावारीका बेला सम्भोग गर्नु हुँदैन भन्ने बलियो मान्यता रहेको हाम्रो समाजमा अब यो अध्ययनले त्यो कुरा गलत प्रमाणित गरेको छ । अझ महिनावारीको समय सेक्स गर्न अभ्यस्त जोडीहरूका अनुसार यतिबेलाको सेक्स अझ बढी आनन्ददायी हुने अध्यनले देखाएको छ ।

पर सरेको बेला बार्ने या चोखोनितो गर्ने संस्कार भएको समाजमा महिनावारीको समयमा सेक्सलाई वर्जित नै गरिन्छ । तर, महिनावारी भएको बेला सेक्स गर्दा कुनैपनि प्रकारको हानी नहुने प्रमाणित भएको हो।

महिलाले अत्यधिक दुखाइ महसुस गरेकी छिन्, रगत धेरै मात्रामा बगेको छ र कुनै संक्रमण भएको छ भने सम्भोग नगर्नु राम्रो हुने अध्ययनले बताएको छ । कति पुरुष भने रजस्वला भएको बेला महिलाको योनीमा रगत हुने हुँदा फोहर पनि महसुस गर्छन् । यस बेला सम्भोग गर्न सहज मान्ने, नमान्ने दुवैको चाहनामा भर पर्दछ । यस्तो बेलाको यौन सम्बन्धले आनन्द नआउने कुनै कारण छैन ।

अध्ययनपछि भनिएको छ, सामान्यतया महिनावारी भएको बेलामा गरिएको यौन सम्बन्धले स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो बेलामा गहन सम्भोग गरियो भने इन्डोर्फिन नामक हर्मोन सक्रिय हुन्छ, जसले महिलाको महिनावारीबाट भएको पीडालाई तुरुन्त कम गर्छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय