क्वारेन्टाइनलाई आवश्यक परे ‘छहारी’ भवन उपलब्ध
नेपालबहस संवाददाता
चैत ७, २०७६ शुक्रबार २३:३५:६
७ चैत, काठमाडौं । एकल महिला समूहले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्दा ३६५ जनालाई क्वारेन्टाइनमा राख्न सकिने विभिन्न ‘छहारी’ भवन उपलब्ध गराउने भएको छ ।
समूहका संस्थापक अध्यक्ष लिली थापा र अध्यक्ष कुन्दा शर्माले आज उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटी सो जानकारी दिएको हो । समूहले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेललाई आफ्ना १० ‘छहारी’ भवन उपलब्ध गराउन तयार रहेको अवगत गराएको हो ।
समूहले सुनसरी, झापा, धनकुटा, सङ्खुवासभा, काठमाडौंँ, काभ्रेपलाञ्चोक, चितवन, धादिङ, सुर्खेत र कैलालीमा रहेका ‘छहारी’ भवन बनाएको छ । सो अवसरमा रक्षामन्त्री पोखरेलले अहिलेको अवस्था सजग रहने मात्रै भएको बताउँदै परेका खण्डमा राज्यका सबै संयन्त्र प्रयोग गरेर कोभिड–१९ विरुद्ध काम गर्न सरकार तम्तयार रहेको दृढता व्यक्त गरे । उनले सरकारले विश्वव्यापी महामारी बनेको कोभिड–१९ बाट जोगिन हरेक उपाय अवलम्बन गरेको उल्लेख गर्दै आतङ्कित नहुन र सरकारमाथि विश्वास गर्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार