काेरोना कहर:- रमिते सरकार निरीह जनता
इन्द्र रिजाल
चैत १२, २०७६ बुधबार २०:३९:५५
समाचार टिप्पणी
१२ चैत्र, काठमाडौं । कोरोना भाइरसको उन्मक्त रुपले विश्वब्रम्हाण्ड थर्कमान भएको छ । संसारका अधिकांश मुलुक यतिबेला लकडाउनको अवस्थामा छन् । दक्षिणी छिमेकी भारतले गत राति १२ बजेबाट तीनसाता लामो लकडाउन शुरु गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाँच्नु नै पहिलो उपलव्धि हुने भन्दै यस्तो कठोर तर जरुरी निर्णय लिएको हिजो साँझ देशबासीका नाममा संबोधन गर्दा बताए । साथै, स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पति हो भन्दै उनले अहिले कोभिड –१९ सँग लड्ने एकमात्र उपाय भनेको सेल्फ क्वारेण्टाइन हो भने । यस प्रयोजनका लागि उनले केन्द्र सरकारले १५ हजार करोड भारतीय रुपियाँको कोष खडा गरे ।
भारतीय प्रधानमन्त्री मोदीको यो घोषणाले नेपाली समाजलाई प्रत्यक्ष प्रभाव पार्छ । अहिले नेपालमा साताव्यापी लकडाउन घोषणा भएको छ । तर भारतीय प्रभावले कम्तिमा अरु दुईसाता लम्बिने दवावमा नेपाल परेको छ । तर नेपाल सरकारको तयारी भने शून्य प्राय नै छ ।
एक त हामीकहाँ कोरोना संक्रमण कति छ भन्ने नै थाहा छैन । सात आठ सय व्यक्तिको नमूना परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिएको भन्दै सरकार नआत्तिन मात्र आह्वान गर्दैछ । जबकी तीव्र गतिमा फैलिरहेको भारतबाट हुलका हुल नेपालीको कुनैपनि स्वास्थ्य परीक्षण भएको छैन । कदाचित तीमध्ये कसैलाई संक्रमण भएको रहेछ भने गुणात्मक असर देखापर्न सक्छ । यसबारे सरकारको ध्यान पुगेको देखिन्न ।
तर यहाँ कार्यरत चिकित्सकका लागि कुनै पीपीई अर्थात व्यक्तिगत सुरक्षाका साधन भने छैनन् । त्यसैले चिकित्सकले सकेसम्म कोरोना संक्रमण भएकाहरुलाई अन्यत्रै जान भन्ने गरेको गुनासो बढेको पाइन्छ ।निजी क्षेत्रका अस्पतालले त यति पनि गर्दैनन् । बिरामीको ट्राभल हिस्ट्री सुन्ने वित्तिकै छी छी दूर दूर गर्ने गरेका छन् ।
अर्कातिर हेर्ने हो भने नेपालमा कोरोना परीक्षण गर्ने अस्पतालकै अभाव देखिएको छ । कसैलाई कोरोनाको संक्रमण भएको शंका लाग्यो भने पत्ता लगाउने न त भरपर्दाे उपकरण नै छ अस्पतालसँग न पीपीई अर्थात पर्सनल प्रोटेक्टिभ इक्वीप्मेण्ट नै छन् चिकित्सकसँग । त्यसैले अस्पताल आएका कुनै बिरामीमा कोरोना संक्रमणको कुनै लक्षण देखियो भने चिकित्सक नै भागाभाग गर्नुपर्ने अवस्था छ ।
सरकारले कोरोना परीक्षणका लागि भनेर राजधानीमा छुट्याएको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग केन्द्रमा दैनिक भीडभाड बाक्लो छ । तर यहाँ कार्यरत चिकित्सकका लागि कुनै पीपीई अर्थात व्यक्तिगत सुरक्षाका साधन भने छैनन् । त्यसैले चिकित्सकले सकेसम्म कोरोना संक्रमण भएकाहरुलाई अन्यत्रै जान भन्ने गरेको गुनासो बढेको पाइन्छ ।निजी क्षेत्रका अस्पतालले त यति पनि गर्दैनन् । बिरामीको ट्राभल हिस्ट्री सुन्ने वित्तिकै छी छी दूर दूर गर्ने गरेका छन् ।
सरकार भन्छ, सबै व्यवस्था मिलाएका छौं, आत्तिनु पर्दैन । तर बिरामीले भने त्यस्तो कुनै अनूभूति गर्न पाएका छैनन् ।आज मात्र नेपाली सेनाले पीपीई खरिदका लागि बोलपत्र आह्वान गरेको छ । हिजो मात्र सरकारले पीपीई आयातका लागि निजी क्षेत्रलाई आह्वान गरे बमोजिम यस्तो बोलपत्र आह्वान भएको छ ।
अरु बेला करोडौं अरबौंका खरिद विना टेण्डर मन्त्रीपरिषदको निर्णयबाट गर्ने सरकारले यत्रो महामारीका बेला खरिद प्रक्रियाको नौटंकी गर्नुले लगन पछिको पोतेको के काम भनेजस्तो हुने नै भयो । त्यतिबेलासम्म या त कोरोना कहर नै समाप्त हुन्छ वा रोगले भयावह रुप लिईसकेको हुन्छ ।
कोरोना भाइरस संक्रमण भएको पहिलो केस आजभन्दा दुई महिना अगाडि नै पत्ता लागिसकेको थियो । चीनको बुहानबाट आएका एकजना विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको दुई महिनापछि मात्र फ्रान्सबाट आएकी एक युवतीमा दोस्रो केस पत्ता लागेको हो । अनि मात्र सरकारको आँखा खुलेको देखियो । लामो समय चूप लागेर हात बाँधेर बसेका सरकारी पदाधिकारी दोस्रो केस सार्वजनिक भएपछि मात्रै तात्तिएका छन् । त्यसैले अहिलेसम्म अस्पतालमा काम गर्ने चिकित्सकका लागि पीपीईसम्मको व्यवस्था गरिएको थिएन । यो भन्दा गैर जिम्मेवारी के हुनसक्छ ?
हिजोसम्म जनताले मास्क खोजे, स्यानीटाइजर खोजे पाएनन् । जब हिजोबाट लकडाउन भयो तब मास्क र स्यानीटाइजर उत्पादन शुरु भयो । त्यस्तै जब संक्रमणका बिरामी देखिन थाले अनि मात्र किट, उपकरण र पीपीईको टेण्डर प्रक्रिया शुरु हुदैछ नेपालमा । अब सार्वजनिक खरिद प्रक्रिया पुरा गरेर कहिले सामान आईपुग्ने अनि कहिले उपचार शुरु हुने हो ? अरु बेला करोडौं अरबौंका खरिद विना टेण्डर मन्त्रीपरिषदको निर्णयबाट गर्ने सरकारले यत्रो महामारीका बेला खरिद प्रक्रियाको नौटंकी गर्नुले लगन पछिको पोतेको के काम भनेजस्तो हुने नै भयो । त्यतिबेलासम्म या त कोरोना कहर नै समाप्त हुन्छ वा रोगले भयावह रुप लिईसकेको हुन्छ ।
स्वभाविक छ, चिकित्सकले आपूm सुरक्षित नभएसम्म उपचार गर्न सक्दैनन् । निजी क्षेत्रका अस्पताल त केवल व्यापार गर्न खुलेका हुन् हाम्रा मुलुकमा । त्यसैले उनीहरुप्रति आक्रोशित हुनु भन्दा सरकारको लापरवाही र रमिते चरित्रलाई धिक्कार्नु उचित हुने छ । कोरोनाको आशंका भए तत्काल उपचार गरिने भनी देशका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले धेरैपटक भाषण गरेका छन् ।
तर जनताले भने कुनैपनि रेस्पोन्स पाएका छैनन् । बोल्नका लागि मात्र बोलेका छन् सरकारी पदाधिकारीहरु । कुनैपनि नागरिकलाई परीक्षण मात्र गर्न सक्ने ल्याकत र हैसियत नभएको यो सरकारले भोलि महामारीको अवस्था आइलाग्यो भने के गर्ला ? त्यसै अनुमान लगाउन सकिन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार