सोमबार , बैसाख ६, २०७८

लकडाउन उल्लघंन गर्ने १ हजार ५३६ जना नियन्त्रणमा

लकडाउन उल्लघंन गर्ने १ हजार ५३६ जना नियन्त्रणमा

२२ बैशाख, काठमाडौं । काेराेना भाइरस राेकथाम तथा नियन्त्रणका लागी सरकारले लागु गरेकाे लकडाउनकाे ४२ औँ दिनमा काठमाडाैं उपत्यकामा लकडाउन उल्लघंन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान ६ बजेदेखि साँझ ६ बजेसम्म ४ सय ७१ महिलासहित १५ सय ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसै गरी ५ सय ९८ वटा दुई पाङ्ग्रे र ६४ वटा चारपाङग्रे गरी ६ सय ६२ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडौंमा सबै भन्दा बढी १४ सय ३१, ललितपुरमा ६९ जना र भक्तपुरमा ३६ जनालाई नियन्त्रणमा लिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ५७ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय