आजदेखि अमेरिकामा सर्वोच्च अदालतमा फोनबाटै सुनुवाई
नेपालबहस संवाददाता
बैशाख २२, २०७७ मंगलबार ३:४३:२७
२२ बैशाख, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण अमेरिकाको सर्वोच्च अदालतले फोनबाटै सुनुवाई शुरु गरेको छ । सम्भवतः यो अभ्यास विश्वमै पहिलो पटक भएको हुनसक्ने अधिकारीहरुले बताएका छन् । मानिसको भौतिक उपस्थिति विना फोन मार्फत् आवाज मात्रै पु¥याएर सुनुवाई गरिएको घटनालाई अनौठो घटनाका रुपमा लिइएको छ ।
कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण सुनुवाईको परम्परागत शैली परिवर्तन गरेर यस्तो नयाँ शैली अपनाउनु परेको हो । अदालतको सुनुवाई कक्षमा कोरोना भाइरसको सङ्क्रमणको खतरा बढी भएको अधिकारीहरूको भनाई छ ।
अदालतमा विषेश गरेर छ जना न्यायाधीश ६५ बर्ष वा सोभन्दा बढी उमेरका भएकाले सङ्क्रमणको खतरा बढी रहेको ठानिएको हो । फोनबाटै सुनुवाई गर्ने अभ्यासको शुरुवात सोमबारदेखि गरिएको छ । सुुनुवाईका क्रममा एउटा पक्षले बोल्दा अर्को पक्षले पनि सुन्न मिल्ने पनि बनाइएको अधिकारीहरुको भनाइ छ ।
सोमबार पहिलो पटक भएको सुनुवाईमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जोडिएको मुद्दामा बहस भएको थियो । फोनबाट भएको सुुनुवाई अरु दिन जस्तै सोमबार पनि विहान १० बजेदेखि नै शुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार