आइतबार , बैसाख ५, २०७८

मजदुरको राहतमा जनप्रतिनिधि देखि हुनेखाने सम्मको रजाइ

मजदुरको राहतमा जनप्रतिनिधि देखि हुनेखाने सम्मको रजाइ
राहत वितरण गदै रुपनी गाउँपालिका ५ अध्यक्ष जगदिश दास ।

◊ धीरुभाइ

२३ बैशाख, सप्तरी । अहिले असंगसठित मजदुरको छाक टार्न मुख्य आधार राहत नै हो । कोरोना संक्रमण फैलिन नदिन जारी लकडाउनबाट प्रभावित तीनै तहका सरकारले पनि ती मजदुरहरुलाई राहत वितरणलाई पहिलो प्राथमिकतामा राखेको छ । राहत सामग्री जोहो गरेर कत्तै रातह वितरण गरिरहेका छ भने, कतै अहिलेसम्म सुरु पनि भएको छैन ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

Rahat Rupani 5 4

स्थानीय सरकारले आफ्नो वडा कार्यालयहरु मार्फत लकडाउन प्रभावित मजदुर, गरिब, विपन्न परिवारको तथ्याकं संकलन गरी राहत वितरण गरिरहेका छन । यसै क्रममा सप्तरीका अधिकाँश स्थानीय तहका वार्ड कार्यालयहरुले राहत वितरण गर्दै आएका छन । पछिल्लो पटक रुपनी गाउँपालिका वार्ड नं. २, र ५ का करिब दुई हजार परिवारलाई राहत वितरण गरेको छ । सो गाउँपालिकाको वार्ड नं. ५ का अध्यक्ष जगदिश दासले वार्ड ५ का नौ सय दैनिक ज्यालादारी, गरिब, विपन्न परिवारलाई राहत वितरण गरेको जानकारी दिए ।

Rahat bitaran 20 1

यस्तै वार्ड नं. २ का दानालाल साहले वार्डका एक हजार पचास जनालाई राहत प्रदान गरेको छ । जिल्लाभरीका स्थानीय तहले प्रति परिवार १५ किलो चामल, दुई किलो दाल, एक किलो नून, एक लिटर खाने तेल राहतमा वितरण गरिरहेको छ ।

धनी गरिब सबैलाई राहत

राहतका लागि प्रत्येक वार्डका अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गर्ने राहत सम्बन्धी जारी कार्यविधिमा उल्लेख छ । सो समितिले तथ्याकं संकलन र वितरण गरिने हो । निर्देशिकाले तोकिए बमोजिम भन्दा मेरो मान्छे, मेरो भोटरका आधारमा नामावली तयार गरिने र सोही अनुसार राहत वितरण भइरहेको छ । यसले गरिब, विपन्न, र दैनिक ज्यालादारी मजदुरको नामको राहत हुने खाने, धनी मानिसमा पनि वितरण भइरहेको छ ।

Rahat bitaran 23

राहतमा गुणस्तरहिन चामल

राहत वितरणको नाममा कतै गुणस्तरहिन चामल वितरण गरेको पाइएको छ । जिल्लाको सप्तकोसी नगरपालिकाले टेन्डर स्वीकृत भएको भन्दा कम गुणस्तरको चामल वितरण गरेको छ । नगरपालिकाले कुल १३ हजार परिवारलाई दोश्रो चरणको राहत वितरण गरिरहेको छ ।

सात किलो दरले सोना मन्सुली चामल वितरण गर्ने स्वीकृत टेण्डरमा वडा नम्बर १ मा कम गुणस्तरको कान्छी मन्सुली (मोटा) चामल वितरण गरिएको छ । सो वडामा कुल ४१४ घरधुरीका एक हजार ४९२ जनालाई राहत वितरण भइरहेको छ । वितरण गरिएको बोरामा उल्लेख भए भन्दा अर्कै चामल परेपछि स्थानीयले चामल नै फिर्ता गरेका छन । शान्तिनगर चोकमा ३ वटा टोलवासीलाई वितरण्का लागि ठिक पारिएको मोटा चामल वडा सदसय कालुराम विष्टकै असहमतिका कारण फिर्ता भएको छ।

Rahat bitaran 20

सो सम्बनधमा सप्तकोसी नगरपालिका १ का वडाध्यक्ष नारायण आचार्यले सोना मन्सुली चामल अभावका कारण स्थानीयको सहमतिअनुसार मिलमा भएको कान्छी मन्सुली चामल वितरण गरेको बताए । नगरपालिकाका प्रमुख उत्तमकुमार गौतमले उक्त वार्डमा राहतमा वदमासी भएको सुन्नमा आएको र दोषीलाई ठगी तथा कालोबजारीको अभियोगमा कारबाही प्रकृया सुरु गरिने जानकारी दिए ।

राहत चामल नै बिक्री

यता केही दिनअघि कञ्चनरुप नगरपालिका ४ मा राहतको चामल बिक्री गरेको आरोपमा वितरण समितिका सदस्यलाई नै स्थानीयले नियन्त्रणमा लिएका थिए । कञ्चनरुप ४ को आधारभुत विद्यालय जगतपुरका प्रधानाध्यापक महेश परियार र आधारभूत विद्यालय जगतपुरका प्रधानाध्यापक रामनारायण साहलाई चामल बिक्री गरेको आरोपमा मिलबाटै स्थानीयले नियन्त्रणमा लिइएको थियो।

शुल्क लिएर राहत प्रदान

जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ मा राहत वितरण गर्नुपूर्व नै फारम शुल्क भन्दै राहत पाउनेसँग १० रुपियाँका दरले रकम असुल गरेको छ। सो विषयमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा समेत गुनासो पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय