लकडाउनमा महिलाले स्वादिलो अचार बनाए
नेपालबहस संवाददाता
असार ७, २०७७ आइतबार २०:१३:४३
७ असार, बाजुरा । उद्यमशील महिला समूहले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘मिक्स अचार’ उत्पादन गरेका छन् । बाजुराको सदरमुकाम मार्तडीमा रहेको मार्तडी साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्य र दिदीबहिनी उद्यमशील समूहको सक्रियतामा स्थानीय सामग्रीको प्रयोग गरी अचार उत्पादन गरेका हुन् ।
चोतो, मूला, गाजर, लसुन, प्याज र खुर्सानी मिलाएर अचार उत्पादन गरेको समूहकी अध्यक्ष कमलकुमारी शाहले जानकारी दिए । समूहका उपाध्यक्ष सीता बराल थापाले नौजना महिलाको समूह मिलेर पहिलो चरणमा तीन सय डिब्बा अचार उत्पादन गरेको बताए ।
स्थानीय स्वादको सो अचार प्रतिकेजी रु तीन सयका दरले बिक्री मूल्य राखिएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैसीले अगामी दिनमा समूहलाई आवश्यक सहयोग गर्ने जानकारी दिए ।
उत्पादित अचारको बजार विस्तार र थप सीप विकासमा बडिमालिका नगरपालिकाले सहयोग गर्ने उपप्रमुख कविता बिष्टले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा सञ्चालन
बैशाख २६, २०८१ बुधबार
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
संसदीय समिति गठन नगरे बजेट अधिवेशन अवरुद्ध गर्ने कांग्रेसको अडान
बैशाख २६, २०८१ बुधबार
घरजग्गाबाहेक चल सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन पाइने
बैशाख २६, २०८१ बुधबार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने कार्की पक्राउ
बैशाख २६, २०८१ बुधबार