बिर्तामोड नगरपालिकाको बजेट एक अर्ब १५ करोड
नेपालबहस संवाददाता
असार ११, २०७७ बिहिबार १४:९:२१
११ असार, बनियानी । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि रु एक अर्ब १५ करोड चार लाख ८८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको बुधबार शुरु भएको पाँचौँ नगरसभामा उपप्रमुख पवित्रादेवी महतारा प्रसाईंले उक्त बजेट प्रस्तुत गरे।
नगरसभामा आगामी आवमा नगरपालिकाको आन्तरिक आम्दानी रु १२ करोड ४७ लाख ५० हजार, घरजग्गा रजिष्ट्रेशन ९मालपोत कार्यालय० रु नौ करोड, लागत सहभागितामा रु एक करोड र सङ्घीय सरकारबाट रु २० करोड ४७ लाख प्राप्त हुने जानकारी दिइयो । त्यस्तै राजस्व बाँडफाँट रु ११ करोड १ लाख ७० हजार, सशर्त अनुदान रु ३७ करोड एक लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण रु ८२ लाख ७ हजार, राजस्व बाँडफाँट रु एक करोड २५ लाख ६१ हजार, सामाजिक सुरक्षा रु १७ करोड, विशेष अनुदान रु तीन करोड, समपूरक अनुदान रु दुई करोड गरी कूल रु एक अर्ब १५ करोड चार लाख ८८ हजारको आयव्यय अनुमान प्रस्तुत गरिएको हो ।
चालु खर्च रु ३९ करोड ८१ लाख ८६ हजार र पूँजीगत खर्च रु ५८ करोड २३ लाख दुई हजार तथा सामाजिक सुरक्षाबापत रु १७ करोड गरी कूल रु एक अर्ब १५ करोड चार लाख ८८ हजारको व्यय हुने गरी प्रस्ताव गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थाअनुरुप स्थानीय राजस्व परामर्श समिति, स्थानीय सरोकारवाला, उद्योग वाणिज्य क्षेत्र तथा करदातासमेतको सुझावका आधारमा राजस्व परिचालन गर्ने गरी आन्तरिक आयको अनुमान गरिएको उपप्रमुख प्रसाईंले बताए।
चालु आव ०७६/७७ मा आन्तरिक आम्दानी रु ११ करोड २७ लाख ५० हजार, घरजग्गा रजिष्ट्रेशन ९मालपोत कार्यालय० रु आठ करोड, लागत सहभागिता रु दुई करोड ८० लाख, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण रु २० करोड ९६ लाख, राजस्व बाँडफाँट रु १३ करोड आठ लाख, सशर्त अनुदान रु २४ करोड ८२ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ८२ लाख ९४ हजार, राजस्व बाँडफाँट रु एक करोड ५७ लाख दुई हजार, सामाजिक सुरक्षा रु १० करोड गरी कूल रु ९३ करोड ३३ लाख ४६ हजारको आयव्यय–अनुमान प्रस्तुत गरिएको थियो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण तेस्रो नगरसभाबाट प्रस्तावित आन्तरिक स्रोत सङ्कलनमा कठिनाइ उत्पन्न भएको उपप्रमुख प्रसाईंले बताए । नगरसभामा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग वाणिज्य, सहकारी, न्यायलगायत क्षेत्रमा १५६ बुँदामा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार