साना गाडी चलाउन नपाएपछि टेम्पो चालक आक्रोशित
नेपालबहस संवाददाता
भदौ २६, २०७७ शुक्रबार २०:१४:३५
२६ भदौ, काठमाडौं । निषेधाज्ञा खोलेपनि सरकारले साना गाडी चलाउन नदिएपछि टेम्पो व्यवसायी आक्रोशित भएका छन् । उपत्यकामा दैनिक टेम्पो चलाउने झण्डै दुई हजार चालक सरकारप्रति आक्रोशित भएका हुन् ।
दुई दिनअघि सरकारले यातायात व्यापार व्यवसाय खोल्न दिने निर्णय गरेपनि १६ सिटभन्दा साना गाडी चलाउन रोक लगाएको छ । जसकारण सानो माइक्रो र टेम्पो चालकलाई ठूलो समस्या परेको छ । महिनौ टेम्पो चलाउन नपाएर समस्या व्यहोरिरहेका चालकले निषेधाज्ञा खुल्दा पनि गाडी चलाउन नपाएपछि आक्रोश पोखेका हुन् ।
उनीहरुले टेम्पो चलाउन रोक लगाउनुको कारणको जवाफ दिन पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन् । टेम्पोमा जम्मा १० जना अट्नेमा पछिल्लो समय उनीहरुले ६ जना मात्रै बोक्दै आएका थिए । तर पनि सरकारले टेम्पो चलाउन रोक लगाएपछि चालक आक्रोशित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुनकोसी मरिण डाइभर्सन सुरुङको आज 'ब्रेक थ्रू' हुँदै
बैशाख २६, २०८१ बुधबार
भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो
बैशाख २२, २०८१ शनिबार
कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन
बैशाख २१, २०८१ शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार