मानव तस्करको आरोप लागेका डा.सुवेदीलाई राजदुत खनालले गरे कन्सुलरमा सिफारिश
Indra Rijal
भदौ २७, २०७७ शनिबार १७:५८:२
♦ युरोप ब्युरो
२७ भदौ,पोल्याण्ड । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद पोल्याण्डका पूर्वअध्यक्ष डा. बोधराज सुवेदीलाई पोल्याण्डका लागि नेपाली कन्सुलरको नियुक्तिका लागि सिफारिश भएकोमा पोल्याण्डस्थित बिभिन्न संघसंस्थाले चर्को बिरोध गरेका छन् । मानव तस्करी गरेको आरोप लागेका डा. सुवेदीले अबैध रुपमा कमाएको पैसा कन्सुलर बन्नमा खर्च गर्न कस्सिएको उनकै नजिकका मित्रहरूले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
गैरआवासीय नेपाली संघ पोल्याण्डको अध्यक्ष हुँदा पदको दुरुपयोग गर्दै पोल्याण्डमा कार्यक्रमको लागि भन्दै नेपालबाट केही व्यक्ति पोल्याण्ड बोलाएर भगाएको चर्को आरोप समेत सुवेदीलाई लागेको छ । सुवेदीले जनही १२ लाख रुपैयाँ लिएर काठमाडौंका रमेशकुमार मल्ल र म्यादीकी गीता पुनसहित ८ जनालाई भिषा सिफारिश गरेका थिए । जस मध्य दुई जनाको मात्र भिषा स्वीकृत भएको र उनीहरुले जनही १२ लाख रुपैयाँ बुझाएर आएको बताउने गरेका छन् । उनीहरु अहिले युरोपको पीआर प्राप्त गरी स्थायी रूपमा बेल्जियममा बस्दै आएका छन् ।
डा. सुवेदीले आफु अध्यक्ष हुँदा संघ दर्ता नहुँदै संघको अध्यक्षको हैसियतले पत्राचार गरेर मनलाग्दी गर्दै कार्यालय समेत आफनै घरमा संचालन गर्दै आएका थिए । संघलाई निजी कम्पनीको रुपमा संचालन गरेको हुनाले लामो समयपछि यही गएको अगस्त २९ तारिखमा कार्यालय अन्तै उद्धघाटन गरि संचालनमा ल्याइएको एनआरएनए पोल्यान्डले जनाएको छ । आर्थिक चलखेलमार्फत नेपाली कन्सुलरको लागि सिफारिश समेत फुत्काउ सफल डा. बोधराज सुवेदीले आजभोलि आफूलाई कम्युनिष्ट विल्ला लगाउँदै नक्कली कम्युनिष्ट बन्ने प्रयास गरिरहेका छन् ।
डा. सुवेदीले आफू अध्यक्ष हुँदा मान्छे ल्याउन सिफारिस गरेकोमा आफूबाट गल्ती भएको स्वीकार गरेको टेप रेकर्ड हामीसँग सुरक्षित छ भने उनले युरोप प्रवेश गराएको मान्छेबाट पैसा नलिएको समेत जिकिर गरेका छन् । उक्त आरोप बारे डा.सुवेदी भन्छन्, “कोरियामा भएका साथीहरुले मान्छे ल्याइदिन भनेर पत्राचार गरी हैरान गरेपछि सिफारिस गरेको हुँ ।” मानव तस्करीको आरोप लागेका र पोल्यान्डको नेपाली समाजमा छवि धुमिल बनाएका सुवेदीले हजारौं युरो खर्च गरेर कन्सुलर बन्ने प्रयास गरेको चर्चा अहिले पोल्याण्ड भरि चलेको छ ।
डा.सुवेदीले नेपालको उच्च राजनीति स्तरको नेतृत्वको सल्लाहमा नै आफुले कन्सुलरको दावी गर्दै परराष्ट्र मन्त्रालयलाई समेत रकम खर्च गरेर आफनो अनुकुल बनाउन सकेका कारण मन्त्रालयले माग गरे अनुसार उनको नाम सिफारिश भएको जर्मनस्थित दुतावास उच्च श्रोतले बताएको छ ।
तर जर्मनस्थित नेपाली राजदुत रमेशप्रसाद खनालले मन्त्रालयबाट नै डा. सुवेदीलाई पोल्याण्डका लागि नेपाली कन्सुलर बनाउन सिफारिस माग भए बमोजिम काम भएको र त्यसमा कुनै पनि प्रकारको आर्थिक लेनदेनको कुरा झुटो भएको बताए । राजदुत खनालले भने, पोल्याण्डका विभिन्न मान्छेहरुलाई चिन्ने र कसको कस्तो पृष्ठभुमि छ त्यो सरोकारको विषय नभएको र जसले आवेदन दिन्छन् उनीहरू सबैको निवेदन मन्त्रालय पठाइदिने गरेको बताए ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति पोल्याण्डका आधिकारिक पत्रहरु नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पठाउने र नेपाली कांग्रेसको केन्द्रीय कार्यालयले जनसम्पर्क समितिलाई पठाउने सर्कुलर अहिले पनि डा. सुवेदीले संचालन गर्ने इमेल ठेगाना रहेको छ । नेकपा निकट रहेको प्रवासी मंचका अध्यक्ष टंक कटुवालले डा. सुवेदीले एनआरएन पोल्याण्ड लगायतका विभिन्न संघसंस्थामा कुनैपनि हालतमा प्रगतिशिल विचार भएकाहरुलाई छिर्न पनि दिनु हुन्न भनेर निषेध गर्दै आएका व्यक्ति भएको बताए । त्यस्ता व्यक्तिलाई कन्सुलरमा सिफारिश गरिनु आफैमा उद्धेक लाग्दो भएको उनको भनाई छ । मानव तस्करको आरोप लागेकाहरुलाई देशको प्रतिनिधिको रुपमा जिम्मेवारी दिने कुरा गलत हुने उनले बताए । उनले नेपालीहरुको समस्यालाई हल गर्न पहलकदमी लिने स्वतन्त्र छवि भएका व्यक्तिलाई कन्सुलर बनाउन पनि सुझाव दिएका छन् ।
श्रीमतीलाई सल्लाहकार नबनाएको भन्दै नेपाली समाजमा विभिन्न खालको विभाजन र बिग्रह ल्याउन उद्धत डा. सुवेदीलाई कन्सुलर बनाउँदा नेपाल सरकारको छविसमेत धुमिल हुने भएको छ । मानव ओसारपसार गरेर आर्थिक फाइदा लिएको आरोप लागेका विवादास्पद छवि भएका सुवेदीलाई कन्सुलर जस्तो जिम्मेवारी नदिन पोल्याण्डबासी नेपाली समाजले परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी समेत गराईसकेको परराष्ट्र श्रोतले जनाएको छ ।
Indra Rijal
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार