शुक्रबार , असोज ९, २०७७

दश विद्यार्थीलाई तिमिल्सिनाको राहत

दश विद्यार्थीलाई तिमिल्सिनाको राहत

२८ भदौ, काठमाडौं । आर्थिक रुपमा विपन्न दलित परिवारलाई बूढानीलकण्ठ स्कुलमा अध्ययनरत एक विद्यार्थीले राहत वितरण गरेका छन् । कक्षा ९ मा अध्ययनरत विपिन तिमिल्सिनाले नुवाकोटबाट विस्थापित भई काठमाडौँ आएका र आर्थिक अवस्था कमजोर भएका १० दलित परिवारलाई राहत उपलब्ध गराएका हुन् ।

तिमिल्सिनाले नुवाकोट क्षेत्र नम्वर १ का सांसद हितबहादुर तामाङको सिफारिसमा आफ्ना आफन्तहरुबाट पैसा उठाएर ती परिवारलाई दाल, चामल, तेल, नुनलगायत खाद्य सामग्री वितरण गरेका हुन् ।

पुख्र्यौली आरन पेशाबाट जिविकोपार्जन नभएपछि रोजगारीको खोजीमा काठमाडौँ आएका र कोभिडका कारण रोजगारी नपाएपछि टोखामा छाप्रो हालेर बसेका उनीहरुलाई राहत प्रदान गरिएको हो । सुमित्रा, अनिल, समिर र विमला विकका समान तीन तीन, तिलक विकका ४ जना परिवार तथा धनमाया विकका २ जनासहित १० परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।

आफूले प्रति परिवारलाई दुई दुई महिना पुग्ने गरी खाद्य सामग्री उपलब्ध गराएको तिमिल्सिनाले जानकारी दिए । राहत सामग्री उपलब्ध गराईएका दलितका छोराछोरीको पठनपाठनका लागि उहाँले स्टेशनरी सामग्री पनि उपलब्ध गराउने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी नेपाल लाईफमा बीमा गर्न पूर्व हेर्नेपर्ने तथ्य, अर्बौको दावी भुक्तानी हुन बाँकी ३ हप्ता पहिले
स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? स्वास्थ्य सामाग्री सप्लाईमा अर्को ओम्नीको जन्म ! विध ल्यावको पीसीआर परीक्षण नै शंकास्पद ? १ हप्ता पहिले
आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय आयल निगममा १८ अर्ब झ्वाम पार्ने डरलाग्दो सेटिङ, माफियाहरु सक्रिय १ हप्ता पहिले
पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! पोखरा महानगरपालिकामा करोडौं भ्रष्टाचार, घुस खाने मेयर जिसी, दोष कर्मचारीलाई ! २ हप्ता पहिले
सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल सरुवा भएर जाने बेला मृत भेटिए सई ध्रुव रावल ११ घण्टा पहिले
बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? बजारमा बुलिस संकेत आउँदा, हाईड्रोपावरका शेयरधनीले के कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ? १ हप्ता पहिले
के बजार प्रतिरोध क्षेत्रमा छ ? के बजार प्रतिरोध क्षेत्रमा छ ? १ हप्ता पहिले
वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै वडाध्यक्ष अधिकारीले घटना गुपचुप पार्न खोजेपछि श्रीमती क्रियाकाजमा बसेर न्याय माग्दै २ हप्ता पहिले