शनिबार , जेठ १, २०७८

डलर भन्दै कागजको पोको दिएर लाखौ लुट्ने खेलबहादुर र रेलबहादुरको गिरोह पक्राउ

डलर भन्दै कागजको पोको दिएर लाखौ लुट्ने खेलबहादुर र रेलबहादुरको गिरोह पक्राउ

११ असोज, भक्तपुर । डलर भन्दै कागजको पोको दिएर लाखौ रुपैयाँ लुट्ने गिरोह पक्राउ परेको छ । अहिलेसम्म डलर भन्दै कागजको पोको दिएर आधा करोड रुपैयाँभन्दा धेरै रकम लुट्ने सिन्धुपाल्चोक घर भएको गिरोह पक्राउ परेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३६ वर्षीय खेलबहादुर तामाङको गिरोह छ । उनीसँगै ३३ वर्षीय रेलबहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीय कान्छी तामाङ पनि पक्राउ परेका भक्तपुरकी एसपी तारादेवी थापाले जानकारी दिइन् ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

यसरी डलर भन्दै रकम लुट्ने गिरोहमा अधिकांश बाह्रविसे नगरपालिकाका छन् । रेलबहादुर र खेलबहादुरको यो गिरोहले अहिलेसम्म ५५ लाख रुपैयाँ ठगी गरेको पाइएको एसपी थापाले बताइन् ।

गिरोले केही महिनायता ५ जनाभन्दा बढीलाई ठगी गरेपछि प्रहरीमा उजुरी परेको थियो । उजुरी परेपछि छानबिन थालेको प्रहरीले केही दिनयता गिरोहका मुख्य व्यक्तिलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट केही रकम र मोबाइल समेत बरामद गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नारायणी कलिले जन्माएको भाले छावाको नाम शेषचन्द्र गज ! नारायणी कलिले जन्माएको भाले छावाको नाम शेषचन्द्र गज ! ५ घण्टा पहिले
अरुण भ्यालीको हकप्रदमा आवेदन दिन आइतबार अन्तिम दिन अरुण भ्यालीको हकप्रदमा आवेदन दिन आइतबार अन्तिम दिन ५ घण्टा पहिले
मानुषी लघुवित्त र दोर्दी जलविद्युतले आईपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड मानुषी लघुवित्त र दोर्दी जलविद्युतले आईपीओ निष्कासनको अनुमति माग्दै पुगे धितोपत्र बोर्ड २३ घण्टा पहिले
बिदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई दुई थान भेन्टिलेटर उपलब्ध बिदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई दुई थान भेन्टिलेटर उपलब्ध ११ मिनेट पहिले
सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा ८ घण्टा पहिले
स्वयंसेविकाले जोखिम भत्ता पाएनन् अझै स्वयंसेविकाले जोखिम भत्ता पाएनन् अझै ५६ मिनेट पहिले
उपचाररत पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज उपचाररत पूर्वरानी कोमल शाह अस्पतालबाट डिस्चार्ज २२ घण्टा पहिले
चार वाणिज्य बैंकले गरे नयाँ ब्याजदर सार्वजनिक, कुन खाताको ब्याज कति ? चार वाणिज्य बैंकले गरे नयाँ ब्याजदर सार्वजनिक, कुन खाताको ब्याज कति ? २२ घण्टा पहिले