आईपीएलमा दिल्ली र बेंग्लोर शीर्ष स्थानमा
नेपालबहस संवाददाता
असोज १८, २०७७ आइतबार १५:५६:३५
१८ असोज, एजेन्सी । आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकत्तालाई हराएको छ । युएईमा जारी १३ औं संस्करणको आईपीएल क्रिकेटमा गएराती दिल्लीले तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर २ सय १० रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका लागि नितिश रानाले ५८ रन बनाए । यस्तै इयान मोर्गनले ४४ रन जोड्दा राहुल त्रिपाठीले ३६ रन बनाए । ओपनर व्याट्सम्यान शुभमान गिलले २८ रन जोड्दा आन्द्रे रसेलले १३ रन बनाए ।
दिल्लीका एनरिक नोर्ट्जेले ३ विकेट लिए । यस्तै हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोनिस र कागिसो राबडाले एक एक विकेट लिए । दिल्लीले सन्दीपलाई भने अझै खेलाएको छैन् । सन्दीप बिनाको टिमले उत्कृष्ट प्रदर्शन गरेपछि दिल्ली उनी प्लेइङ सेटमा पर्न छाडेका हुन् ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयास आयरले सर्वाधिक ८८ रन बनाए भने ओपनर व्याट्सम्यान पृथ्वी शाले ६६ रनको योगदान दिए ।
कोलकत्ताका आन्द्रे रसेलले दुई विकेट लिए । यस्तै भरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए । जितसँगै दिल्लीले ४ खेलबाट ६ अंक जोडेको छ । दिल्ली तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ ।
४ खेल खेल्दा दिल्ली र र्बेंग्लोरले मात्रै ६ अंक जोडेर पहिलो र दोस्रो स्थानमा छन् । हिजै भएको खेलमा बेंग्लोरले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटी-२० विश्वकपमा आतङ्ककारी हमला गर्ने धम्की
बैशाख २४, २०८१ सोमबार
आइपिएलमा आज मुम्बई र सनराइजर्स भिड्दै
बैशाख २४, २०८१ सोमबार
राष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार