शनिबार , मंसिर १३, २०७७

भारत जान नेपालीलाई रोक, सीमाबाटै फिर्ता !

भारत जान नेपालीलाई रोक, सीमाबाटै फिर्ता !

३० कार्तिक, कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ । भारतीय सीमा सुरक्षा बलका जवानहरुले मजदुरी गर्न जाने नेपालीहरुलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो ।

यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हुँदै भारततर्फ जाँदै आएका थिए । जानकारी नै नदिई सीमा नाका बन्द गरिएपछि सीमा क्षेत्रमा पुगेका नेपालीहरु फर्कन बाध्य भएका छन् । भारतीय स्वास्थ्यकर्मीको टोली र अध्यागमनका कर्मचारीको टोली नआउँदा सीमा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक वीरसिंह महताले जानकारी दिए ।

“व्यक्तिगतरूपमा बुझ्दा मेडिकल र अध्यागमनको टोली नआएकाले प्रवेश नदिइएको भन्ने कुरा बुझिएको छ”, उनले भने, “सीमा नाका प्रवेशमा नेपालीहरुलाई प्रवेश गर्न नदिएकोबारे आधिकारिक जानकारी भने प्राप्त हुनसकेको छैन, मेडिकल र अध्यागमनको टोली आजसम्म आए प्रवेश दिइने भन्ने छ, पछि थाहा हुन्छ ।”

उनका अनुसार जानकारी नपाएर भारतीय सीमा क्षेत्र भएर फर्कने नेपालीहरुको सङ्ख्या ३० देखि ५० जना जति रहेको छ । दैनिक मजदुरी, स्वास्थ्योपचार र पेन्सन बुझ्नका लागि दैनिक नेपालीहरु सीमा नाका हुँदै भारततर्फ जाने गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संसदीय समितिका निर्देशन : कस्तो छ कार्यान्वयनको अवस्था ? संसदीय समितिका निर्देशन : कस्तो छ कार्यान्वयनको अवस्था ? ५ दिन पहिले
नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पु¥याउन राष्ट्रपतिको आग्रह नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पु¥याउन राष्ट्रपतिको आग्रह १ दिन पहिले
पर्यटनमन्त्रीद्वारा ३०० विपन्न नागरिकको कोरोना बीमा पर्यटनमन्त्रीद्वारा ३०० विपन्न नागरिकको कोरोना बीमा २ दिन पहिले
नख्खुबाट विप्लवका अर्थ विभाग प्रमुखसहित दुई नेता पक्राउ नख्खुबाट विप्लवका अर्थ विभाग प्रमुखसहित दुई नेता पक्राउ ६ दिन पहिले
ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान ऊर्जा बचत गर्नेलाई राष्ट्रिय वाणिज्य बैंकको अनुदान ३ दिन पहिले
घाइतेको मृत्यु भएपछि बर्दिवास फेरि आन्दोलित घाइतेको मृत्यु भएपछि बर्दिवास फेरि आन्दोलित ३ दिन पहिले
जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर ११ घण्टा पहिले
कोरोना नमूना भण्डारणमा लापरवाही गर्ने चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण कोरोना नमूना भण्डारणमा लापरवाही गर्ने चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण ५ दिन पहिले