मंगलबार , मंसिर ९, २०७७

नेसन्स लिगमा इटालीको शानदार प्रदर्शन

नेसन्स लिगमा इटालीको शानदार प्रदर्शन

४ मंसिर, एजेन्सी । युईएफए नेसन्स लिग फुटबलमा इटालीले बोस्निया एण्ड हर्जगोबिनालाई हराएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति इटालीले बोस्नियालाई २–० गोल अन्तरले पराजित गरेको हो ।

बोस्नियाको मैदानमा इटालीलाई जित दिलाउन आन्द्रे बेलोट्टी र डोमिनिको बेरार्डीले एक एक गोल गरे । जितसँगै लिग ए को समूह ए मा रहेको इटालीले नेसन्स लिगको अन्तिम चारमा स्थान पक्का गरेको छ । यसै समूहको अर्को खेलमा नेदरल्यान्ड्सले पोल्याण्डलाई २–१ ले हराएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय