काठमाडौंसहित देशभर चिसो बढ्याे
नेपालबहस संवाददाता
पुस १, २०७७ बुधबार १३:४७:११
१ पुस, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जनाएको छ । चिसो अझै बढ्न सक्ने महाशाखाका बुधबार मौसमी बुलेटिन मर्फत जानकारी दिएको छ ।
गएको वर्षभन्दा यो वर्ष अझै चिसो हुन सक्ने पूर्वानुमान गरिएको छ । काठमडौंमा अघिल्लो वर्ष पुस १ गतेको तुलनामा आज १ दशमलव ५ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ । आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । गएको वर्ष आजको दिन काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।
महाशाखाका अनुसार आज दिउँसो तापक्रम अझै घट्न सक्छ । काठमाडौंसहित देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएर जाडो बढेको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जिरीको माइनस २ दशमलव ५, जोमसोमको माइनस २, काठमाण्डौको ३, ओखढुङगा र ताप्लेजुङको ५ दशमलव ४, दिपायलको २ दशमलव ८, डडेल्धुराको ३ दशमलव ४, बीरेन्द्रनगरको ४ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।
आजको तापक्रम पनि यस्तै हाराहारीमा रहने महाशाखाले जनाएको छ । यसैबीच अहिले पूर्वी र पश्चिमी तराईका केही ठाउँमा कुहिरो लागेको छ । दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १, २ र गण्डकी प्रदेशमा आँशिकदेखि सामान्य बदलीको सम्भावना र बाँकी ठाउँमा दिउँसो घाम लाग्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार राति पहाडी भेगमा आशिक बदली रहने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस
बैशाख २६, २०८१ बुधबार
जापानको सहयोगमा विद्यालय भवन निर्माण
बैशाख २६, २०८१ बुधबार
काफल बेचेर मनग्य आम्दानी
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
बैशाख २६, २०८१ बुधबार
१० महिनामा चितवन राष्ट्रिय निकुञ्जबाट ६ वटा बाघ मृतवस्थामा भेटिए
बैशाख २६, २०८१ बुधबार
अछाम र बाजुरामा विद्युत सेवा बन्द
बैशाख २६, २०८१ बुधबार